४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नियमित औषधि सेवन गरिरहेकाहरुलाई स्थानीय तहको साथ

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण हुन नदिन र नियन्त्रण गर्नलाई सिङ्गो नेपाल लकडाउनको अवस्थामा छ। अत्यावस्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सरकारले आग्रह गरिरहेको छ।

स्वास्थ्य संस्थालाई ‘जगेडा’ औषधि

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले स्वास्थ्य संस्थालाई ‘जगेडा’ औषधि प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सबैको ध्यान केन्द्रित भइरहेको अवस्थामा रुघाखोकी, झाडापखाला, ज्वरो लगायतका मौसमी महामारी फैलिने खतरा पनि उत्तिकै भएकाले गाउँपालिकाले स्वास्थ्य संस्थालाई ५ लाख बराबरको औषधि खरिद गरेर प्रदान गरेको हो ।

भारतमा हाइड्रोक्सीक्लोरोक्विन औषधि अभाव हुने डर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोविड १९ को संभावित उपचारको लागि भारतबाट हाइड्रोक्सीक्लोरोक्विन औषlध माग गरेपछि भारत सरकारले यो औषधी निर्यात गर्ने भएको छ। तर भारत सरकारको यो निर्णयका कारण भारतमा यो औषधीको अभाव हुन सक्ने जानकारहरुले बताएका छन्।

आफ्नो तलव, भत्ताबाटै औषधि बाँड्न गाउँ पुगे सांसद

दैलेख निर्वाचन क्षेत्र नम्वर २ (क) का सांसद सुसिलकुमार थापाले आफ्नो तलव भत्ता तथा शुभचिन्तकहरुबाट संकलन गरेको रकमबाट औषधी खरिद गरेर गाउँगाउँमा वितरण गरेका छन्। उनले क्षेत्र नम्बर २ सवै  ५ वटा गाउँ तथा नगर पालिका र आफ्नो निर्वाचन क्षेत्रका २० वटै वडामा रहेका स्वास्थ्य तथा वडामा औषधी तथा अन्य स्वास्थ्य सामाग्री बाँडेका हुन्।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा किटनासक औषधि छर्किन सुरु

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सबै स्थानमा किटनासक औषधि (डिसइनफेक्टेन्ट) छर्कन सुरु गरेको छ। गाउँपालिकाले पहिलो चरणमा बजार क्षेत्रमा औषधि छर्कन सुरु गरेको हो।

ग्रामिण भेगमा औषधि लिएर घरघरै पुग्छन् स्वास्थ्यकर्मी

लकडाउनका कारण नियमित औषधि सेवन गर्दै आएका गोरखाको ग्रामिण भेगका दिर्घरोगी बिरामीले औषधि पाएनन्। गाउँको स्वास्थ्य संस्था र मेडिकलमा नियमित सेवन गर्दै आएको औषधि नपाएपछि समस्या परेका बिरामीलाई लकडाउन यता गोरखाका एक स्वास्थ्यकर्मी एवं औषधि व्यवसायीले नियमित घरमै औषधि पुर्‍याइदिएका छन्।

दीर्घरोगीका लागि औषधिको व्यवस्था गरिने

रोल्पाभित्र रहेका दीर्घरोगीहरुका लागि स्वास्थ्य कार्यालय र अस्पतालको समन्वयमा बिरामीहरुले नियमित खाईरहेको औषधि व्यवस्थापन गरिने भएको छ। लामो समयदेखि निरन्तर औषधि खाईरहेका तर उक्त औषधि जिल्लामा नपाईने भएपछि स्वास्थ्य कार्यालयको समन्वयमा बाहिर जिल्लाबाट भए पनि औषधि ल्याईदिने तयारी गरिएको हो।

औषधि र विरामी ओसार्न निःशुल्क गाडी सुविधा दिने गाउँपालिका उपाध्यक्षको घोषणा

विश्वमा डरलाग्दो ढंगले महामारीको रुप लिएको नोवेल कोरोना भाइरसको संक्रमण रोक्नका लागि आवश्यक औषधि तथा उपकरणहरु सम्बन्धित स्थानमा पुरयाउन र संक्रमित विरामीलाई उपचारका लागि अस्पतालसम्म लिनका लागि निःशुल्क गाडी सुविधा दिने यहाँकी एक गाउँपालिका उपाध्यक्षले घोषणा गरेकी छन्। कोरोनाको सम्भावित संक्रमणबाट आइपर्ने अप्ठेरोका बेला जनताको घर घरमा औषधि तथा स्वास्थ्यकर्मीहरु पुरयाउनका लागि आफ्नो निजी खर्चमा गाडी सुविधा दिने कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीले घोषणा गरेकी हुन्।

चार लाखको औषधि ७ लाख २५ हजारमा हेलिकप्टर चार्टर गरि गाउँपालिका पुर्‍याइयो

लकडाउनको कारण गाउँपालिकामा औषधि अभाव भएपछि डोल्पाको एक गाउँपालिकाले हेलिकप्टर चार्टर गरि औषधि ल्याएको छ। जिल्लाको शे–फोक्सुण्डो गाउँपालिकाले काठमाडौबाट हेलिकप्टर चार्टर गरि कोरोना नियन्त्रणको लागिको आवश्यक पर्ने औषधि र केही उपकरणहरु ल्याएको हो।

कोराेनाविरुद्ध बैतडीमा किटनाशक औषधि छर्किदैं

कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा (डिसइन्फेक्सन स्प्रे) किटनाशक औषधि छर्कने अभियान सुरु भएको छ। दशरथचन्द नगरपालिकाको समन्वयमा सदरमुकामस्थित गडी, गोठलापानी, शाहीलेक बजारमा औषधि छर्किएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयको पहलमा सुुरु भएको अभियान अन्तर्गत जिल्लाका भिडभाड हुने सबै स्थानमा किटनाशक औषधि छर्किने बताइएको छ।

मुख्यमन्त्री आफै पुगे उपकरण र औषधि लिएर डोल्पा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री आफै औषधि र उपरकण लिएर डोल्पा पुगेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल आफै उपकरण लिएर डोल्पा पुगेका हुन्। नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णालीको डोल्पा अस्पतालमा सबै भन्दा पहिला उपकरण र औषधि पुर्‍याइएको हो।

मार्तडी बजारमा किटनाशक औषधि छर्कियो

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मार्तडी बजार क्षेत्रमा किटनाशक औषधि छर्किएको छ। बडिमालिका नगरपालिका, कृषि ज्ञान केन्द्र, स्वास्थ्य कार्यालय बाजुरा र समरजीत गुल्मको सयुक्त सहकार्यमा बजार क्षेत्रमा किटनाशक औषधि छर्किएको हो।

म्याग्दीमा कीटनाशक औषधि छर्न सुरु

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि म्याग्दीको सदरमुकाम बेनीबजारमा दमकलबाट कोरोना भाइरस मार्ने कीटाणुजन्य पदार्थ क्लोरिन पाउडर छर्कन सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्