४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

आफ्नो तलव, भत्ताबाटै औषधि बाँड्न गाउँ पुगे सांसद

भैरवी गाउँपालिका वडा नम्वर १ मा रहेको स्वास्थ्य चौकीमा औषधी तथा अन्य स्वास्थ्य सामाग्री वितरण गर्दै माननिय सुसिलकुमार थापा । तस्विरः गोविन्द केसी/नागरिक

दैलेख – दैलेख निर्वाचन क्षेत्र नम्वर २ (क) का सांसद सुसिलकुमार थापाले आफ्नो तलव भत्ता तथा शुभचिन्तकहरुबाट संकलन गरेको रकमबाट औषधी खरिद गरेर गाउँगाउँमा वितरण गरेका छन्। उनले क्षेत्र नम्बर २ सवै  ५ वटा गाउँ तथा नगर पालिका र आफ्नो निर्वाचन क्षेत्रका २० वटै वडामा रहेका स्वास्थ्य तथा वडामा औषधी तथा अन्य स्वास्थ्य सामाग्री बाँडेका हुन्।
        
   उनले भैरवी गाउँपालिकाबाट वितरण कार्यक्रम सुरु गरेका छन्। ३ दिनमा पाच वटै स्थानीय तहमा वितरण सकिने छ। उनले वितरण गरेको अतिआवश्यक औषधीहरु, स्वास्थ्य सामाग्रीहरु रहेका छन्। ३ लाख ३५ हजार बरावरको सामाग्रीहरु खदिर गरेका हुन्।  त्यस्तै जिल्ला प्रहरी कार्यालय, जिल्ला सशस्त्र प्रहरी वल, जिल्ला कारागार, जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय दुल्लु, गैडाबाज प्रहरी चौकी तथा  जिल्लास्थित पत्रकारहरुलाई आवश्यक सामाग्री वितरण गरिएको हो। प्रत्येक स्वास्थ्य चौकी तथा वडा कार्यालयमा आवश्यक स्वास्थ्य सामाग्रीहरु कार्यालयमै पुगेर वितरण गरिएको छ।

  माननिय सुसिल थापा आफै ब्यक्तिगत खर्च तथा अगुवाईमा भएको वितरण यो विपतको बेलामा निकै राम्रो काम भएको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरासिंह थापाले बताए। औषधी तथा अन्य सामाग्री वितरण राम्रो काम भएको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए। जनताको समस्या बुझेर गाउँमै आएर औषधी तथा अन्य सामाग्रीहरु माननिय सासदले दिएर राम्रो कार्य गरेको भैरवी गाउँपालिका वडा नम्वर १ का वडाअध्यक्ष काशिराम महताराले बताए। ब्यक्तिगत रुपमा मैले आधारभुत स्वास्थ्य सामाग्रीहरु निर्वाचन क्षेत्र तथा जिल्लामा सहयोगी भएको सासद सुशिलकुमारले बताए।

 

प्रकाशित: २७ चैत्र २०७६ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App