४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

टीकापुरमा औषधि अभाव

लम्की - लकडाउनका बेला आपूर्ति सहज नभएका कारण कैलालीको टीकापुरमा औषधि अभाव देखिन थालेको छ। सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै रोक नलगाएको भए पनि ढुवानीको असहजताका कारण औषधि अभाव देखिन थालेको औषधि व्यवसायी बताउँंछन्।

विशेष गरी दम, सुगर, प्रेसर, थाइराइड र मानसिक समस्या भएका बिरामीले सेवन गर्ने औषधिहरुको बजारमा अभाव देखिन थालेको छ, टीकापुरस्थित चण्डीमाई मेडिकलका सञ्चालक तथा औषधि व्यवसायी टेकनारायण पौडेलले भने, कोरोनाको संक्रमणका कारण भारतबाट आउनुपर्ने औषधिहरु आउन सकेको छैन।’नेपालका औषधि उत्पादक कम्पनीले प्रायः आपूर्ति सहज हुने  ठूला शहरमा मात्र  बढी जोड दिएका कारण अन्त औषधिको अभाव देखिने अवस्था आएको व्यवसायीको गुनासो छ।

औषधि व्यवसायी संघ टीकापुरका अध्यक्ष शंकर शर्माले लकडाउनका कारण आपूर्तिमा आएको असहजता, औषधि कम्पनीबाट  नगद कारोवारको अनिवार्य प्रावधान लागु र आवश्यक औषधि आफैँ गएर ल्याउनुपर्ने जस्ता कारण बजारमा औषधिको अभाव देखिन थालेको बताए। बजारमा औषधि अभाव भइसकेको छ। आफैंँ गएर औषधि ल्याउन पनि कठिन छ, अध्यक्ष शर्माले भने, ‘यस्तो बेलामा सरकारले सहज आपूर्तिको व्यवस्था गरिदिनुपर्छ। टीकापुर अस्पतालका मेसु डा जितेन्द्र कँडेलले  अस्पतालले निःशुल्क बाँड्ने औषधिको माग पनि धेरै दिन थेग्नका लागि मौज्दात नभएको बताए।

अस्पतालले केही औषधि खरीदका लागि टेण्डर गरेको थियो तर देशमा विकसित नयांँ परिस्थितिका कारण आपूर्ति हुन नसकेकाले मौज्दात धेरै छैन, मेसु डा कँडेलले भने, अस्पतालले निःशुल्क बाँड्ने औषधिको अहिले नै संकट परेको त छैन तर धेरै दिनलाई थेग्ने गरी स्टक पनि छैन। टीकापुर नगरपलिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बजारमा अत्यावश्यक औषधि अभाव हुन नदिन आपूर्तिको सहजताका लागि सम्बन्धित निकायमा समन्वय गरिने बताए। रासस

प्रकाशित: ४ वैशाख २०७७ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App