७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जुवाखालबाट तीन करोड ५१ लाख बरामद

तिहारको बेला उपत्यकाका विभिन्न ठाउँमा गरिएका जुवाखालबाट प्रहरीले ३ करोड ५१ लाख हाराहारीमा रकम बरामद गरेको छ। जुवाखाल भइरहेको स्थानमै पुगेर प्रहरीले ‘जुवाडे’सहित मोटो रकम बरामद गर्न सफल भएको हो।

एनआरएनको निर्वाचनलाई फर्केर हेर्दा

गैर आवासीय नेपाली संघको भर्खरै सम्पन्न नवौं विश्वसम्मेलनमा नीति नियम र पद्धति सम्बन्धी भएका शून्य बहस देखियो। निर्वाचनको समयमा नेतृत्वको हल्ला खल्ला र खेल बढी देखिनुले चुनाव ताका देखिएका बिकृति र अराजक गतिविधिले संस्थाको साख इतिहासमा नै सबैभन्दा धेरै गिरेको महशुस हुन्छ।

चाडपर्व विकृतिरहित ढङ्गले मनाऔँ : मुख्यमन्त्री पौडेल

प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताएका छन्। उनले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गरे। संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने उनको भनाइ थियो।

खोसिनै लागेको एउटा खुशीः जो महिनौंदेखि घिटघिटाउँदो छ

उसले स्पर्श मात्र महशुस गर्न सक्छ। बच्चा न त रुन्छ न त हाँस्छ, छ त मात्र एक मुठ्ठी श्वास। त्यही श्वास पनि पाउने उसको अधिकार हो भनेर बसेका यी दुई जोडीको तब होस् उड्यो जब उनीहरुलाई भनियो कि बच्चाको टाउकोमा ८५ प्रतिशत ब्रेननै छैन्। अब मात्र एउटा पुतली जस्तै छ र आहाराको नाममा थोरै दुध मात्र खान्छ।

प्रविधिले भित्र्याएका तीजका विकृति

‘हरे कृष्ण हरे कृष्ण’ गीत गाएर महिलाहरूको एउटा समूह रमाइलो गरिरहेको छ। कसैको हातमा धिमेबाजा छ। समूह समूहमा महिलाहरू ताली बजाउँदै नाचिरहेका छन्। कोही ‘हामी पनि नाच्नुपर्छ बीचबीचमा, चिटिक्कै भाछु रे’जस्ता गीत बजाएर नाचिरहेका छन्। महिलाहरूको महान पर्व तीजका अवसरमा सोमबार पशुपति क्षेत्रमा देखिएको दृश्य हो यो।

तीज गीतमा विकृति घट्दै

साउन महिनासँगै कलाकारहरू तीज विशेष गीत तयार गर्ने चटारोमा लागेका छन्। राजधानी वरपरका रेकडिङ स्टूडियोहरू तीज विशेष गीत रेकर्ड गर्न पुगेका कलाकारहरूले भरिएका छन्। तीज विशेष गीत रेकर्ड गरिसकेका कलाकारहरू म्युजिक भिडियोको सुटिङ गरिरहेका छन्। युट्युवलगायतमा म्युजिक भिडियो सार्वजनिक गरेका कलाकारहरू गीतमाथि आएका प्रतिक्रियाहरू लिदैछन्। यस वर्ष तुलनात्मक रूपमा स्तरिय तीज विशेष गीतहरू आएको दाबी यस क्षेत्रमा सक्रिय कलाकार र स्रष्टाहरूले गरेका छन्।

विकासका विकृति

संविधानसभा निर्वाचन, संविधान लेखन, त्यसपछि भएका स्थानीय तह, संघ र प्रदेशका निर्वाचन र दुईतिहाइ मतको सरकार गठनपश्चात् नेपाली जनता विकास र समृद्धिको आशमा छन्। तर त्यो कसरी सम्भव छ भन्ने अध्ययन धेरै कमले मात्र गरेको देखिन्छ। चाहनामै सीमित छन्, विकास तथा योजनाहरू। योजना नबनी विकास हुने कुरो त भएन, तर दिगो र छरिता योजना बनाउनेतर्फ केन्द्रित हुन नसक्दा विकासलाई नै असर पार्छ। के हो त योजना ? त्यो किन बनाउने ? कसका लागि बनाउने ? यावत् प्रश्नका उत्तर नखोज्ने हो भने न उचित योजना बन्छन् न त विकास नै हुन्छ।

किन बढ्दैछ विकृति ?

अहिले नेपालमा चौतर्फीरूपमा विकृति बढिरहेको छ। सडकदेखि सदनसम्म, व्यक्तिदेखि घर÷परिवार हुँदै समाजसम्म, विद्यालयदेखि कार्यालयसम्म कोहीले कोहीलाई मान्दैन। सरकारमा बस्नेहरूदेखि गाउँका वडा तहसम्म बस्ने पनि उस्तै देखिएका छन्। यस्तो प्रवृत्तिले समाजमा विकृतिलाई मलजल गरिरहेको छ। सोझो अर्थमा भन्दा समाज विकृतिको खाडलतिर झन् तीव्ररूपले अघि बढिरहेको छ। यो राम्रो संकेत पक्कै होइन।

विकृतिबिरुद्ध महिला शसक्तीकरण अभियान

अन्तरपार्टी महिला सञ्जाल जुम्लाले सबै प्रकारका विकृति विसंगति बिरुद्ध जागरण अभियान थालेको छ। जिल्लाको गुठिचौर गाउँपालिकाबाट अभियानको थालनी गरेको हो।

आपराधिक घटनामा वृद्धि

५ सय वटा हत्याका घटनामा गरेको विश्लेषणमा १ सय ५३ वटा घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको र ३० वटा घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाइएकाे हाे।

सीडीओ साप! मदिरा नियन्त्रण गरिदिनुपर्‍यो

‘लोग्ने मान्छे दिनभरी भट्टी बस्छन्, घरमा आएर श्रीमती कुट्छन्’ प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल समक्ष दुधा भण्डारीले भनिन्, ‘यहाँको सबैभन्दा ठूलो सत्रु रक्सी हो, यसलाई नियन्त्रण गरिदिनुभयो भने हाम्रा लागि तपाई भगवान हुनुहुने छ।’ दुधाको यो भनाई सिंगो तरंगाको प्रतिनिधि आवाज हो।

निजीलाई जथाभावी अनुमतिले शैक्षिक विकृति बढ्दो

प्रचलित शिक्षा ऐन तथा नियमावलीलाई लत्याउँदै रौतहटका विभिन्न स्थानीय तहले निजी (संस्थागत) विद्यालयलाई अनुमति दिएका छन्। स्थानीय तहहरूले विद्यालयको सम्भाव्यता अध्ययन नै नगरी जथाभावी विद्यालय सञ्चालनको अनुमति दिँदा जिल्लाको शैक्षिक क्षेत्रमा विकृति थपिएको छ। स्थानीय तहको आडमा सञ्चालित यस्ता निजी विद्यालयहरूले पुनः भर्ना, पाठ्यपुस्तक तथा परीक्षा शुल्कका नाउँमा चर्को रकम असुल गरिरहेका छन्।

निजीलाई जथाभावी अनुमतिले शैक्षिक विकृति बढ्दो

प्रचलित शिक्षा ऐन तथा नियमावलीलाई लत्याउँदै रौतहटका विभिन्न स्थानीय तहले निजी (संस्थागत) विद्यालयलाई अनुमति दिएका छन्। स्थानीय तहहरूले विद्यालयको सम्भाव्यता अध्ययन नै नगरी जथाभावी विद्यालय सञ्चालनको अनुमति दिँदा जिल्लाको शैक्षिक क्षेत्रमा विकृति थपिएको छ। स्थानीय तहको आडमा सञ्चालित यस्ता निजी विद्यालयहरूले पुनः भर्ना, पाठ्यपुस्तक तथा परीक्षा शुल्कका नाउँमा चर्को रकम असुल गरिरहेका छन्।

विकृतिमाथि ‘जोखाना’

साकेला’ पूर्वी नेपालका किराँत राई जातिको महत्वपूर्ण चाड हो। यो चाडमा उनीहरू साकेला सिली नाच्छन्। ‘सोइ ढोले सोइ’ को तालमा कम्मर मर्काउँछन्। यो माहौलमा उभौली पुजाको दिन गाउँमा सबै उत्साहित छन्। सबै साकेला नाच्ने तयारीमा छन्। धनसुवाको छोरा निचाहाङ पनि साकेला नाच्न जाने तयारीमा छ।

छाउ विकृति अन्त्यको प्रयास

मुलुक विकास र चेतनाका हिसाबले धीमा गतिमै किन नहोस् फड्को मार्ने अभियानमा भए पनि छाउपडीलगायतका  अन्धविश्वासमा आधारित प्रथा भने झन्झन् मजबुत हुँदैछन्। आधुनिकताले प्राचीन संस्कारहरूलाई दमन गर्दै गएका यथार्थ धेरैतिर देखिन्छन् तर यस्ता प्रथा भने फस्टाइरहनु चिन्ताको विषय हो। त्यसैले त कहिले जंगली जीवजन्तुका कारण छाउपडी गोठमै महिनावारी भएका महिलाको मृत्यु हुने गरेको छ भने कतिपय अवस्थामा घाइते ज्यान लिएर बाँच्न विवश छन्। छाउ अर्थात् महिनावारी। पडी अर्थात् महिनावारी भएकी महिला।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्