७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

वडादशैँको मौलिकता हराउँदै, फजुल खर्च र तडकभडक प्रवृत्ति बढ्दै

नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ। पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको देखासिकीमा लाग्ने, आवश्यकताभन्दा बाहिरको फजुल खर्च गर्ने र तडकभडक गर्नेजस्ता प्रवृत्ति बढ्दै जाँदा यसको मौलिकपन हराउँदै गएको हो।

‘धर्म संस्कृतिलाई त निमिट्यान्न पारेर छोड्यौँ’

जसरी तीजमा विसंगति आएका छन् नि त्यसैगरी दसैँमा पनि मारकाट भएका छन् । यो नहुनुपर्ने हो । दसैँमा अहिले पहिले जति रौनक छैन । विधि आधुनिकतातिर ढल्किएको छ । हामी धर्मलाई बिर्सदै छौँ । खानपानमा र मोजमस्तीमा मात्रै मग्न छाैं । पहिले हाम्रा पुर्खाहरुसँग तन्त्र परम्परामा देउतालाई नै बोलाउन सक्ने शक्ति थियो । अहिले हामी खानपिन, मोजमस्ती र लहलहैमा लागेका छौँ ।

संस्कृतिमा बढ्यो विकृति

नेपालमा विभिन्न जातजातिको बसोवास छ । अनेकता र विविधतामा एकताको सन्देश बोकी सबै बसोवास गरेका छन् । आ–आफ्ना जातजातिले आ–आफ्नै किसिमको चाडपर्व मनाउँछन् । उनीहरूको आ–आफ्नै भाषा छ । त्यसमध्य सबै नेपाली चेलिबेटीहरूले महान् पर्वका रूपमा मनाउने चाड हो, हरितालिका तीज।

यही तालले तीज कहाँ पुग्ला ?

एकजना व्यक्ति आफ्ना नराम्रा आदत कसरी छोड्न सकिन्छ होला भन्ने सल्लाह र उपायको खोजीमा एकजना सन्त–फकिरकहाँ पुगेछन् । ती सज्जनले सन्त फकिरसँग भने— हजुरको आध्यात्मिक ज्ञान, अन्तर्यात्रामा डुब्ने कलाबारे धेरै सुनेको छु र जुनसुकै समस्याको समाधानको उपाय पनि हजुरसँग छ भन्ने थाहा पाएको छु।

तीज संस्कृति कि विकृति

तीज हिन्दू नारीको महान चाड हो । हिन्दू नारीहरुले यस चाडलाई महत्वपूर्ण पर्वको रुपमा मान्ने गर्छन् । घरको कामले हैरान परेका, माइत जान नपाएका चेलीहरु तीजको निहुँले भए पनि माइत जान्छन् र आफ्ना पुराना साथीसँग भेटघाट गर्ने, दर खाने र अर्को दिन भगवान शिवको आराधना गर्नुका साथै आफूमा भएका वेदना मेटाउने खालका गीत गाउने, नाचगान मनोरञ्जन गरेर भव्य तरिकाले तीज मनाउने परम्परा रहिआएको छ ।

क्लार्कसनलाई खेल्न एनबिएको अनुमति

फिलिपिनो मुलका अमेरिकी खेलाडी जोर्डन क्लार्कसनलाई जारी एसियाली खेलकुदमा फिलिपिन्सको बास्केटबल टिमबाट खेल्न एनबिएले स्विकृति दिएको छ।

ज्योती मगरको तीज गीत ‘विकृति’ (भिडियो)

गायिकाद्वय भूमिका गिरी र ज्योति मगरले तीज गीत ‘बिकृति’ ल्याएका छन्। उनीहरूले मंगलबार बेलुका युट्युबमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

स्वास्थ्यमन्त्री भन्छन्- नेताहरूले नै अस्पताल खोलेपछि चिकित्सा क्षेत्रमा विकृति अायाे

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताएका छन्।

स्वास्थ्य क्षेत्रका विकृति सुधार्न प्रयत्नशील छु :राज्यमन्त्री अर्याल

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न आफू प्रयत्नशील रहेको बताएकी छन् ।

सबैभन्दा विकृति स्वास्थ्य क्षेत्रमा : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य क्षेत्र संवेदनशील भए पनि देशमै सबैभन्दा बढी गैरजिम्मेवार, कमजोर र विकृति–विसंगतिपूर्ण रहेको बताएका छन्। आइतबार हेटौंडामा स्थानीय तहमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रमका लागि प्रदेशस्तरीय छलफल कार्यक्रममा उनले जनशक्ति, पूर्वाधार र सेवाको अवस्था कमजोर रहेको दाबी गरे।

विकृति छिमोल्ने बाटो

देशमा परिवर्तन भएको छ। अब आमनेपालीले समृद्धि चाहेको कुरामा शंकै छैन। यसकै निम्ति सरकारले विगतदेखि नै ४ खम्बे नीति अघि सारेको छ– सरकारी, निजी, सहकारी र सामुदायिक क्रियाकलाप। यी सबै मिलेरमात्र मुलुकको कायापलट हुने विश्वास सरकारले लिएको छ भने वास्तविकता पनि यही हो।

समानुपातिक पद्धतिमा विकृति : बन्दसूचीको पीडा

समावेशी र समानुपातिक पद्धति जसलाई चाहिएको हो त्यसैबाट यसको विरोध गराउने काम सुरु भएको छ । समावेशी र समानुपातिक प्रणाली राम्रो भए पनि अहिले यसलाई विकृत बनाउने प्रयास भएको छ ।

विकृतिको विरासत

प्रजातन्त्रमा जस्ता कर्तालाई छानेर पठाइन्छ त्यो पनि त्यस्तै हुन्छ । गुन्डा नाइके र गुन्डाका नाइके दुवैथरीलाई त्यसमा पठाएपछि प्रजातन्त्र पनि गुण्डा नै बन्छ । त्यसले सर्वसाधारणका लागि सुखद् अवसर सिर्जना गर्न सक्दैन ।

लघुवित्तमा विकृति : एउटै व्यक्तिले पाँच संस्थाबाट ऋण

लघुवित्त संस्थामा विकृति देखिन थालेको विज्ञहरुले औंल्याएका छन् । अस्वस्थ प्रतिस्पर्धाका कारण एउटै व्यक्तिले धेरै लघुवित्त कम्पनीबाट ऋण लिएर विकृति निम्त्याएको आरोप उनीहरुले लगाएका हुन् ।

तीजको विकृतिमा बहस

अहिले महिलावर्गलाई तीजले छपक्कै छोएको छ। विगतमा धार्मिक, परम्परागत र सांस्कृतिक आधारका रूपमा मनाइने तीजलाई अचेल त्यो बुझाइमा मात्र सिमित मानिएको छैन। श्रीमान्का लागि मात्र हैन, महिलाहरू आफंै अघिबढ्ने माध्यमका रूपमा पनि यसलाई लिइन थालिएको छ। पछिल्लो समयमा तीज भड्किलो हुँदै गएको गुनासो बढिरहँदा तीजका राम्रा कुराहरू अंगाल्दै यस्ता कुरीतिलाई हटाउनुपर्ने पनि आवाज उठ्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्