५ कार्तिक २०७७ बुधबार
डा. नम्रता पाण्डे


डा. नम्रता पाण्डेका लेखहरु :

कोरोनाले दिएको शिक्षा

जति नै भौतिक सम्पन्नता, बैंक ब्यालेन्स भएपनि आखिर कृषिजन्य वस्तु र किसानबिना जीवन निर्वाह सम्भव रहेनछ भन्ने ज्ञान यतिबेला हामी सबैलाई प्राप्त भएको छ ।

कोरोना भाइरस र हाम्रो भान्छा

घिउ वा तेलमा मेथी र बेसार फुराएर तरकारीलगायत परिकार बनाउने तरिका, दूधमा बेसार मिसाएर सेवन गर्ने संस्कार, अनि तातो पानीमा कागती र मह मिसाएर पिउने प्रचलन आफैंमा रोग निरोधात्मक उपाय हुन्।

सफलताको सूत्र

उपलब्ध समय, सम्पत्ति, सम्बन्ध, शिक्षा, ध्यान सबै जीवनका उर्जा हुन्। यिनको व्यवस्थापन गर्न जाने सफल र सुखी भइन्छ नजाने असफल भइन्छ।

सकारात्मक संस्कार

होस गुमाएर, आफ्नो संस्कार र स्वभाव बिर्सेर मानिस कुबाटोमा लागेको छ। त्यसैले आज मानिसले मानिसलाई नै मृत्युदण्डको सजाय माग गर्नुपर्ने अवस्था आएको छ।

जीवनमा जान्नैपर्ने कला

तथाकथित भोगी र त्यागी स्वभाव पनि हाम्रो वास्तविक स्वभाव होइन । अतिवादी नभई सन्तुलनमा जिउनु हाम्रो स्वभाव हो।

घरबाट सुरू हुनुपर्छ समानता

मदर टेरेसालाई सन् १९७९ मा नोबेल पुरस्कार प्रदान गरेपछि सोधिएको थियो–‘विश्वमा शान्ति कायम राख्न के गर्नुपर्छ ?’ उनको जवाफ थियो– ‘सर्वप्रथम तिमी आफ्नो घर जाऊ अनि आफ्नो परिवारसँग प्रेम बाँड ।’ हरेक वर्षझैं यस वर्ष पनि लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ ।

दुःखको पहिलो कारण

एक वृद्ध मनौवैज्ञानिककहाँ पुगे र आफ्ना सारा समस्या राख्न थाले। उनका समस्या अनेकौं थिए– देशमा विसंगति, विकास हुन नसक्नु, अशान्ति, आफैंमा बेचैनी, तनाव, निराशा, असफलता, आदि इत्यादि। उनका सबै कुरा सुनेपछि ती मनोवैज्ञानिकले कलम र कागज दिँदै ती वृद्ध मानिसलाई भने– देशमा विकास हुन र तपार्इंको जीवन सुधार्न को सुध्रिनुपर्ला ? ती वृद्धले केहीबेरमै करिब ५० व्यक्तिको नामावली तयार पारे।

दसैं मनाउने तरिका

अरूलाई देखाउन होइन, आफ्नो खुसीका लागि पर्व मनाउनुपर्छ भन्ने ज्ञान विकास भयो भने ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ उक्ति चरितार्थ हुन पाउने थिएन।

जीवित हुँदा हेला, मृत्युपछि सेवा !

बसपार्कको एउटा कुनाको बेन्चमा बसेर कसैको प्रतीक्षामा आँखा डुलाइरहेका करिब ८० वर्षका वृद्धलाई देखेर ५५ वर्षजतिका एक व्यक्ति उनको नजिक जान्छन् र सोध्छन्, ‘बुबा १ घण्टा अगाडिदेखि तपाईंलाई यहीं देखिरहेको छु। कोही आउँदै छ, तपार्इंलाई लिन वा बस कता लाग्छ भन्ने थाहा नपाएर हो ?’ आँखाभरि आँसु पार्दै वृद्धले भने, ‘बाबु ! मेरो कान्छो छोरोले जेठो छोरोकहाँ लैजान भनेर मलाई यहाँ लिएर आएको हो। दाइ लिन आउनुहुन्छ, तपाईं यहीं बस्दै गर्नु र यसबीचमा कोही मान्छे भेटे यो कागज देखाउनु है भनेर छाडेर गएको, अहिलेसम्म आएको छैन। मेरो जेठो छोरो मलाई लिन आइपुगेन।

अराजकता अन्त्य गर्ने उपाय

आत्मविश्वास आफैंभित्रको आन्तरिक विश्वास हो। जब आफ्नो आन्तरिक विश्वास कम हुँदै जान्छ तब व्यक्ति हरेक किसिमका समस्याको जालोमा फस्दै जान्छ। के सही र के गलत, कुन क्षणिक र कुन दीर्घकालीन अनि के आफू र राष्ट्रहितमा छ र के अहितमा जस्ता सामान्य कुराको समेत बोध गर्न नसक्नेहरूले राष्ट्र निर्माणको जिम्मेवारी लिएर बसेका छन्।

साउनको सार्थकता

साउनलाई भगवान् शिवको आराधना गर्ने र महिलाले व्रत बसी आफ्ना श्रीमान्को सुस्वास्थ्य र दीर्घायु कामना गर्ने अनि आफू पनि हरियो, पहेँलो पहिरन र शृंगारले सजिने महिनाका रूपमा चिनिन्छ। यसले प्राकृतिक रूपमा हरियाली भएको मौसम, सांस्कृतिक र धार्मिक दृष्टिले भगवान् शिवको महŒव दर्शाउँछ, तर यसको आध्यात्मिक पाटो पनि छ। मानिसको जीवन बहुआयामिक पक्षबाट चलेको हुन्छ, सांसारिक, भौतिक, सांस्कृतिक, धार्मिक, सामाजिक मान्यतासँगै आध्यात्मिक बोध पनि जोडिएर आएको हुन्छ। बोधबिना कुनै पनि प्रचलनको अर्थ रहँदैन। हाम्रो वास्तविक बोध, संस्कार र मर्यादा त ध्यान नै हो, जुन मनुष्यतालाई बचाइराख्न र पृथ्वीलाई जीवित राख्न आवश्यक छ। ओशोले आफ्ना हरेक प्रवचनमा र विशेषगरी शिवसूत्रमा भगवान् शिव र उनले दिएका ध्यान विधि र मानिसको जीवनमा यसको महŒवबारे बताउनुभएको छ।

योग+ध्यान=स्वस्थ जीवन

सांसारिक र आध्यात्मिक सुखका लागि स्वस्थ जीवनशैली अपनाउनु आवश्यक छ। यसका लागि संँगसँगै योग र ध्यान गर्नु अपरिहार्य छ।

खुसी जीवनका तीन गुण

जीवनभर खुसी रहन संघर्ष गर्ने मानिसलाई जम्मा तीन गुण आवश्यक पर्छ। यी गुणहरूलाई जीवनमा अपनाएर पूर्णताका साथ जिउन सकिन्छ भने योभन्दा सरल उपाय अरू के होला र ?

किन हुन्छ पश्चाताप ?

केही प्रतिशत मानिसमात्र होलान्, पश्चातापरहित जीवन बाँचेका। नत्र सबैजसो व्यक्ति जीवनमा केही न केही कुरामा पश्चाताप महसुस गरिरहकेकै हुन्छन्। नोकरी, व्यवसाय, सम्बन्ध, शिक्षा, विवाह, धर्म आदि कुनै न कुनै विषयमा कुनै क्षणमा आफूले चाहेअनुसार गर्न नसकेकाले पश्चातापमा रहेको उनीहरू बताउने गर्छन्। जीवनलाई पनि परिकल्पना गरेका कुनै आयोजनाजस्तै ठान्दै यसका उद्देश्य र लक्ष्य के हुन् भनेर खोज्न र विचार गर्न थाल्छौँ हामी। प्रत्येक मनुष्यलाई जीवनमा पटक–पटक, मेरो उद्देश्य के हो ? म कहाँ पुग्नुपर्ने हो ? के हुन् जीवनका उपलब्धि ? आदि प्रश्नले सताउने गर्छन्।

नयाँ वर्षले गराउने बोध

समय एउटा अनुभव हो। समयले नै हामीलाई जन्म दिन्छ र प्रेम, घृणा, दुःख, सुख, भय, हतास, सफलता, असफलता आदि अनुभव गराउँछ। दिन, महिना र वर्ष बिताउँदै आयौँ। एक वर्ष बित्नेबित्तिकै पात्रो(क्यालेन्डर) फेरिन्छ र नयाँ साल आएको सूचना दिन्छ। तर क्यालेन्डर फेरिँदैमा हाम्रो स्वभाव फेरिँदैन। वर्ष बित्दैमा हामीले आफ्नो हुनुको बोध गर्न सकेका हुदैनौँ। विगतका वर्षहरूमा तिमीले सबै कुरा अनुभव ग-यौ तर आफू हुनुको बोध ग-यौ भन्ने पुनः स्मरण गराउँछ समयले। जबदेखि आँखाले यो संसार देख्न सक्यौँ तबदेखि हरेक नयाँ वर्ष मस्तिष्कमा एउटा कथा भर्न थाल्यौँ र जीवनको अर्थ लगाउँदै समाजका मान्यतालाई पछ्याउँदै आयौँ। समय बित्दै जाँदा सबै कुरामा परिवर्तन आइरहेको हुन्छ। त्यसलाई परिवर्तन, वृद्धि, विकास जेजे भने पनि आखिर ती सबै अनुभव हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्