१८ असार २०८१ मंगलबार
image/svg+xml

अनियमितताको मुद्दाले बदनाम मधेस प्रदेश

सुशासनलाई व्यवहारमै उतारेर मधेसमा विकासको लहर ल्याउँछौं भन्ने मधेस सरकार अनियमितताको मुद्दाले बदनाम बनेको छ।

मनिष सुमन बने जसपाको प्रवक्ता

बाबुराम भट्टराई समूह अलग्गिएपछि अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरुको कार्य विभाजनमा पनि व्यापक परिवर्तन गरेका थिए।

मधेसलाई सुख्खा प्रदेश घोषणाको माग

किसानलाई पर्याप्त मलखादको व्यवस्था गर्न, बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न, सिंचाइको सुविधाको लागि डिप बोरिङ गर्न तथा सिंचाइको अन्य वैकल्पिक व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई निःशुल्क विद्युतको व्यवस्था गर्न जसपाले सरकारसँग माग गरेको छ।

दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग

उनले भने,‘उनीहरु दुवै जनाले जो बोल्छन् त्यो नै पार्टीको नीति र निर्णय बन्छ, दुख र त्याग गरेका नेता कार्यकर्ताको कुनै ठाँउ हुँदैन।'

गठबन्धन गरेरै चुनावमा जाने

‘देशलाई अप्ठ्यारो परेको बेलामा र देशको आवश्यकता अनुसार र गठबन्धन भएको हो,’ यादवले भने, ‘अहिले पनि देशको आवश्यकतालाई मध्यनजर गरेर सम्भव भएसम्म गठबन्धन गरेरै अघि बढ्ने हाम्रो पार्टीको धारणा हो।’

बाबुराम भट्टराईको सपना चकनाचुर भयो: उपेन्द्र यादव

‘पार्टी विभाजन गरेर मधेसको मुद्दालाई कमजोर बनाउन लागिपरेका बाबुराम भट्टराईजीलाई पदमुक्त गरेर उहाँको सपना चकनाचुर गरिदियौं अध्यक्ष यादवले भने, ‘अब पार्टी थप अनुसाशीत, संगठित र चुस्त रुपमा अघि बढ्छ।’ पार्टी विभाजन गरी मधेसको मुद्दा कमजोर बनाउन भट्टराईजी लागिपर्नु भएको थियो, यादवले भने, ‘आवश्यक संख्या नपुगेर उहाँ आफैं परास्त हुनुभयो।’ जसपा फुटाउने वा अर्को दर्ता गराउने उहाँको सपना चकनाचुर भएको छ’ यादवले भने, ‘गलत मनशायले पार्टी विभाजनको प्रयास असफल भएपछि भट्टराईजी नयाँ पार्टी दर्ता गराउने प्रयासमा छन्।’

फर्किन चाहे ढोका बन्द छैनः उपेन्द्र यादव

वीरगञ्जमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने उनका लागि गेटमा ताला भने नलगाएको बताए।

एकल अध्यक्ष बनाउन विधान संशोधन

‘परिषद् अध्यक्ष भट्टराई र उनलाई काठमाडौंमा जारी बैठकमा विशेष रूपमा साथ दिने आठजना गरी जम्मा नौजनालाई कारबाहीको प्रस्ताव भएको छ,’ मन्सुरले भने, ‘प्रस्तावहरूउपर निर्णय हुन बाँकी रहेको छ। क्रमशः प्रस्तावित विषयहरूको निर्णय भइरहेको छ, एकसाथ पार्टीले सार्वजनिक गर्नेछ।’

नयाँ पार्टी खोल्दै बाबुराम

‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उहाँ (उपेन्द्र यादव) ले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने सबै विकल्प समाप्त भएका छन्।’

उपेन्द्रले अहंकार गरे, उनमा पदको लोभ देखियोः बाबुराम भट्टराई

‘श्रीलंकामा राजापक्ष परिवारमा जे गरेपनि हुन्छ भन्ने अहंकार आएपछि देश कस्तो भयो, उनीहरुले जति भ्रष्टाचार गरे, आसोपासेलाई पदमा राखेर आएको परिणाम नेपालमा त भएको छैन? यहाँ प्रत्येक पार्टीभित्र त्यही किसिमको आसेपासो भएको छ। राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरेको छ। सत्तामा जाने भनेकै लुटेर धन कमाउने भएको छ। धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने यो दुःष्चत्रमा नेपाल फसेको छ। नेपाल पनि त्यही गम्भीर संकटमा छ।’

जसपा विवाद उत्कर्षमाः मन्त्री हेरफेरले भट्टराई पक्ष थप कमजोर

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईबीचको विवाद चर्किरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेसँगै सो दलको आन्तरिक विवाद अझ उत्कर्ष उन्मुख भएको छ।

जसपामा किचलो: सहमतिमै छुट्टिने

जनता समाजवादी पार्टी (जसपा) को विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीच गालीगलौज नगरी छुट्टिन ‘जेन्टलमेन एग्रिमेन्ट’ (भद्र सहमति) भएको छ।

जसपा असन्तुष्ट पक्ष आयोगमा

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद चर्किएको बेला असन्तुष्ट पक्षका केही नेता नयाँ पार्टी दर्ताबारे कानुनी प्रक्रिया बुझ्न निर्वाचन आयोग पुगेको खुलासा भएको छ।

जसपामा फेरि किचलो

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव असार १ र २ मा विधान अधिवेशन बोलाउन तयार नभएपछि उनीविरुद्ध डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर केन्द्रीय सदस्यले फेरि हस्ताक्षर संकलन सुरु गरेका छन्।

लोसपा पुनःपार्टी एकता गर्न आए खुल्ला हृदयले स्वागत गर्छौँः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफूहरु स्वागत गर्न तयार रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्