२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

मधेसलाई सुख्खा प्रदेश घोषणाको माग

मधेस प्रदेशमा आवश्यकता भन्दा निकै कम पानी परेको र हालसम्म किसानले रोपाइँ गर्न नपाएको भन्दै सुख्खा प्रदेश घोषणा गर्न जसपा नेपाल सर्लाहीले सरकारलाई ज्ञापन पत्र बुझाएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतममार्फत् जसपाले सरकारलाई सुख्खा प्रदेशको मागका साथै विभिन्न सात बुँदे ज्ञापन पत्र बुझाएको हो।

किसानलाई पर्याप्त मलखादको व्यवस्था गर्न, बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न, सिंचाइको सुविधाको लागि डिप बोरिङ गर्न तथा सिंचाइको अन्य वैकल्पिक व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई निःशुल्क विद्युतको व्यवस्था गर्न जसपाले सरकारसँग माग गरेको छ।

जसपा नेपालको सर्लाही अध्यक्ष वीरेन्द्रकुमार रायसहितका नेताहरुले जिल्ला प्रशासन कार्यालय सर्लाही पुगेर प्रजिअ गौतमलाई ज्ञापन पत्र बुझाएका हुन्। आधा साउन बित्न लाग्दा पनि सिंचाइको सुविधा नपुगेको सर्लाही र रौतहटको धान खेती हुन पाएको छैन।

वर्षा नहुँदा किसानले धान खेती गर्न पाएका छैनन्। अहिलेसम्म वर्षा नहुँदा धानको रोपाइँ गर्न नसकेका किसानहरुले धानको उत्पादन निकै कम हुने सम्भावना रहेको बताइरहेका छन्।

प्रकाशित: १३ श्रावण २०७९ ०९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App