४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कालीकोटमा पहिचान नखुलेको एक पुरुषको शव फेला

कालीकोटको तिलागुफा नगरपालिका–२ कैलासल्ला राहदह वनमा बेवारिसे अवस्थामा शव फेला परेको छ।

एमाले सांसदको हस्ताक्षर संकलन

एमाले संसदीय दलले सांसदहरूको हस्ताक्षर संकलन गरेर राखेको हो। ‘हामीले सोमबार ६ ठाउँमा हस्ताक्षर गरेका छौं। जहाँजहाँ उपयुक्त हुन्छ, त्यहाँत्यहाँ प्रयोग गर्ने नेतृत्वलाई अधिकार पनि दिएका छौं,’ एक सांसदले भने। दलको बैठकले आवेशभन्दा पनि सोचविचार गरेर अघि बढ्नुपर्ने भन्दै त्यसबारे निर्णय गर्ने सबै अधिकार शीर्ष नेतृत्वलाई दिएको हो।

बैतडीको पाटनमा युवकको शव फेला

मृतकको शवसँगै दशरथचन्द नगरपालिका–१ ठेगाना भई सुरत भुल नामको नागरिकता फेला परेको छ। शव पहिचान हुन नसकेकाले नागरिकता मृतककै हो कि अरुको हो भन्ने यकिन भएको छैन।

एलजीको देशव्यापी रोड सो

एलजीले देशव्यापी रोडसो सुरु गरेको छ। यस रोडसोमा कम्पनीका अभिनव उत्पादन प्रदर्शन गर्नुका साथै वासिङ मेसिनको डेमो पनि गरिरहेको कम्पनीले जनाएको छ।

पाल्पामा शव बोकेको बस दुर्घटनाः सात जनाको मृत्यु

आज बिहान पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। बुटवल तर्फबाट शव बोकेर गुल्मीको रिडि जाँदै गरेको बस पाल्पाको रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा ७ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर ट्वातीले बताए। घटनामा ८ जना गम्भीर घाइते भएका छन्।

ग्लोबल बैंकको बैंकिङ साक्षरता

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान अन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

ग्लोबलको डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियान

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

युवतीको शव फेला

शब भेटिएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

एमालेमा देशव्यापी असन्तुष्टि

नेकपा एमालेभित्र वरीयताक्रम, कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर देशव्यापी रुपमा असन्तुष्टि बढेको छ।

निकेनको जित

धाडिङ बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन निकेनले नेपाल पूर्वच्याम्पियन केशवमाथि जित रचेका हुन्। केशवले एक चालको मेट नदेख्दा भक्तपुरका युवा खेलाडी निकेनसँग पराजित हुन पुगे।

सर्वोच्च अदालतमा तोकियो सबै खाले मुद्दामा पेसी

प्रधानन्यायाधीश राणाले आज दशवटा इजलासमा पेसी ताेकेका थिए। उनले आफ्ना लागि कुनै पनि इजलास ताेकेका थिएनन्। पेसीमध्ये नौवटा संयुक्त र एउटा एकल इजलास रहेको छ। कुनै पनि इजलासमा सुनुवाइ भने सुरु भएको छैन।

डजिटल बैंकिङसम्बन्धी देशव्यापी अभियान सुरु

बैंकले शनिबार बनेपाको पुल बजारमा करिब दुई सय ५० जना सहभागीको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी अभियान गरेको जनाएको छ।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाएपनि पास हुन्नः कांग्रेस नेता विश्वकर्मा

नेपाली कांग्रेसका प्रभावशाली नेता मिनबहादुर विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाविरुद्ध संसदमा महाअभियोग लगाएपनि पास नहुने बताएका छन्। न्यायालयभित्रको विवादमा राजनीतिक दल जोडिन नहुने उनको भनाइ छ।

पाँचथर बाढीमा बेपत्ता थप एकको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो

मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो।

हिउँमा फसेका चार जनाको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार भएको छ। मकालु आधार शिविरको हिउँमा फसेका चार नेपालीको आज हेलिकप्टरमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्