२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कालीकोटमा पहिचान नखुलेको एक पुरुषको शव फेला

कालीकोटको तिलागुफा नगरपालिका–२ कैलासल्ला राहदह वनमा बेवारिसे अवस्थामा शव फेला परेको छ।

पहिचान नखुलेको एक पुरुषको शव स्थानीयवासीले फेला पारेका हुन्। शव फेला परेपछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलबाट शव बरामद गरेको छ।

शव जिल्ला अस्पताल मान्ममा राखिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रकाशित: २९ चैत्र २०७८ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App