८ वैशाख २०८१ शनिबार
खेल

निकेनको जित

भक्तपुरका युवा खेलाडी निकेन कुसाथाले धाडिङ दोस्रो ओपन र्‍यापिड चेस प्रतियोगितामा शुक्रबार नेपाल पूर्वच्याम्पियन केशव श्रेष्ठमाथि जित रचेका छन्।

धाडिङ बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन निकेनले नेपाल पूर्वच्याम्पियन केशवमाथि जित रचेका हुन्। केशवले एक चालको मेट नदेख्दा भक्तपुरका युवा खेलाडी निकेनसँग पराजित हुन पुगे।

यद्यपि अन्य तीन खेलमा जितका साथ तीन अंक जोडेका केशव दोस्रो स्थानमा यथावत् छन्। चार खेलमा समान दुई जित र हार सामना गरेका निकेनको दुई अंक छ।

शुक्रबारकै अन्य खेलमा सफलता प्राप्त गर्दै झापाका प्रकाश नेपाल शीर्ष स्थानमा छन्। उनले चार खेलमा तीन जित र एक बराबरी खेल्दै ३.५ अंक जोडेका छन्।

नेपाल पूर्वच्याम्पियन मनीष हमाल र क्षितिज भण्डारी समान ३.५ अंक नै बनाउँदै प्रकाशलाई पछ्याइरहेका छन्। नेपालका शीर्ष ४२ खेलाडीले प्रतियोगितामा चुनौती प्रस्तुत गरिसकेका छन्। 

चार चरणको समाप्तिसम्म नेपाल पूर्वच्याम्पियन नवीन तण्डुकार,ललितपुरका सजिन महर्जन, रूपेश जैसवाल, सुश्रुत दाहाल,आशिष फुँयाल, झापाकै राजन सुवेदी, भक्तपुरका भेट्रान खेलाडी गणेशमान दुवाल र ललितपुरकै युवा खेलाडी सरोज महर्जनले समान तीन अंक बटुलेका छन्। यी आठै खेलाडी केशवसंगै संयुक्त दोस्रो स्थानमा छन्।

प्रकाशित: १८ मंसिर २०७८ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App