७ वैशाख २०८१ शुक्रबार
समाज

बैतडीको पाटनमा युवकको शव फेला

बैतडीको पाटनमा एक युवकको शव फेला परेको छ। पाटन नगरपालिका– ६ हिरापुर नजिक सडकभन्दा करिब ५० मिटर तल करिब २६ वर्षीय युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए। ती युवकको शव सडेको अवस्थामा फेला परेको र शवको केही भाग स्यालले खाएको अवस्था रहेको प्रहरी निरीक्षक शाहीले बताए।

मृतकको शवसँगै दशरथचन्द नगरपालिका–१ ठेगाना भई सुरत भुल नामको नागरिकता फेला परेको छ। शव पहिचान हुन नसकेकाले नागरिकता मृतककै हो कि अरुको हो भन्ने यकिन भएको छैन।

प्रकाशित: २९ पुस २०७८ १४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App