२१ आश्विन २०८१ सोमबार
image/svg+xml

शल्यक्रिया नगरी निकालियो पेटमा अड्किएको चम्चा

थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले शल्यक्रिया नगरी आमाशयमा अड्किएको चम्चा निकालेका छन्।

विपन्नको उपचारमा १९ लाख रुपैयाँ खर्च

समाचारको सारांशचालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० रुपैयाँ गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ।

मजदुर आन्दोलनको चेपुवामा मणिपाल शिक्षण अस्पताल

मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित भएको छ। तीनसाता भन्दा लामो समयदेखि मणिपालमा मजदुर आन्दोलन चलिरहेको छ। आन्दोलनका कारण कम मूल्यमा स्वास्थ्य सेवा पाउने बिरामीलाई मार परेको छ। आन्दोलनका कारण उपचारका लागि आउने बिरामी नै घट्न थालेका छन्।

पोखराः क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको छ। गण्डकी प्रदेशको मुकामको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विहीबार गरिएको मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको हो।

भूकम्पले भत्काएका भग्नावशेष हातले पन्छाएर उद्धार!

दशकौँको आन्तरिक युद्धका कारण तहसनहस भएको अफगानिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ। बुधबारको भूकम्पले देशका धेरै भूभाग क्षतविक्षत भएका छन्।

सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ।

सरकारी बेवास्ता र निर्माण व्यवसायीको ढिलासुस्तीले बन्न सकेन रोल्पा अस्पताल

तीन वर्षमा सम्पन्न गर्ने गरी २०७४ साल असोज ३० गते सम्झौता भएको रोल्पा अस्पताल भवन निर्माण अलपत्र अवस्थामा छ। २०७७ असोज २९ मा सक्नुपर्ने उक्त आयोजना पूरा गर्न पहिलोपटक २०७८ जेठ २९ सम्म नौ महिना म्याद थप भएको थियो।

अस्पतालको सेवा सुधारको मागसहित दैनिक प्रदर्शन

हेटौंडा अस्पतालको लापरवाहीका कारण बिरामी र आफन्तले सास्ती झेल्न बाध्य भएको भन्दै मकवानपुरका स्वतन्त्र युवाहरुले अस्पतालको मुख्य गेटमा दिनहुँ शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्।

चितवन: ६ महिनाको अवधिमा बलात्कार पछि तीन जनाको मृत्यु

चितवनमा बलात्कार पछि तीन जनाको मृत्यु भएको छ। इन्सेक चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा तीन जनाको मृत्यु भएको हो।

ताप्लेजुङ अस्पतालमा एमडी जिपी डाक्टर पठाइने

स्वास्थ्य मन्त्रालयले ताप्लेजुङ जिल्ला अस्पतालका लागि एक जना स्थायी दरबन्दीको एमडी जिपी डाक्टर पठाउने आश्वासन दिएको छ।

आकाशे पानीको पुकार गर्दै शिवको शरणमा कृषक

जेठ सकरे असार महिना सुरु भइसक्दा नेपालका पहाडीलगायत अन्य स्थानमा पानी परे पनि कपिलवस्तुमा वर्षा नहुँदा कृषकहरु चिन्तित बनेका छन्। आकाशमा कालो बादल लागेर मेघगर्जन हुँदा समेत पर्याप्त वर्षा नहुँदा कृषकहरु चिन्तित बनेका छन्।

बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा

बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ।

राहदानी विभाग अगाडि एक विद्यार्थी मृत भेटिए

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक विद्यार्थीको शव भेटिएको छ। ललितपुर सानेपा घर भएका थापाथली इञ्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय अभिशेष जैसवालको शव सोमबार चौधरी ग्रुपको निर्माणाधीन भवननिर भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्