११ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ। अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य बीमा सुचारु गर्ने निर्णय भएको जानकारी दिएका हुन्।  

यसअघि गत असार ३ गते एक विज्ञप्ती निकाल्दै अस्पतालले असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने घोषणा गरेको थियो।

स्वास्थ्य बीमा बोर्डले समस्या यथाशीघ्र सम्बोधन गर्न बोर्डको बैठक र चिकित्सकसँग छलफल गरी समस्या समाधानको काम अघि बढिसकेको जानकारी दिँदै १४ असारमा त्रिवि शिक्षण अस्पताललाई पत्रचार गरी सेवा नरोक्न अनुरोध गरेको थियो।

अस्पतालले दाबी गरेको बीमाको रकम सोधभर्ना पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि बीमा कार्यक्रमलाई निरन्तरता दिने अस्पतालले जनाएको छ।

प्रकाशित: १५ असार २०७९ ०९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App