७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिप्रदीको राष्ट्रिय सवारी चालक प्रशिक्षण कार्यक्रम सम्पन्न

सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ। सवारी साधनमा नवीनतम प्रविधि प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले उक्त कार्यक्रम गरेको बताएको छ।

तालिम कार्यक्रममा देशभरि फैलिएका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८ सय ९५ जना टाटा कमर्सियल गाडीका चालकहरूले सहभागिता जनाएका थिए।

कार्यक्रममा बिएसआइभी प्रविधि सम्बन्धी ज्ञान प्रदान गर्नुका साथै सुरक्षित तथा किफायती ड्राइभिङ, गाडी चलाउँदा चालकहरूले के कस्ता कुराहरूमा ध्यान दिँदा गाडीको कार्यक्षमता बृद्धि गर्न सकिन्छ, गाडीको आयु बढाउन के गर्नुपर्छ? के गर्नु हुँदैन? गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने उपाय लगायतका कुराहरू तालिममा समेटिएको कम्पनीले जनाएको छ। 

प्रकाशित: १६ असार २०७९ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App