१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

नहरमा एक पुरुष मृत फेला

कञ्चनपुरको बेदकोट नगरपालिका– ७ का ५५ वर्षीय लवदेव जोशी आज स्थानीय नहरमा मृतावस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जोशी मृतावस्थामा महाकाली सिँचाइको नहरमा भेटिएको बताए।

'अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि राखिएको छ', प्रहरी निरीक्षक बमले भने, 'घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ।' मृतकका आफन्तले दिएको जानकारीअनुसार जोशी सोमबार साँझदेखि घर फर्किएका थिएनन्।

प्रकाशित: १४ असार २०७९ १०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App