१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

विपन्नको उपचारमा १९ लाख रुपैयाँ खर्च

चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० रुपैयाँ गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ। अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गरिएको हो।

गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गीक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा सहिद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए।  

उनका अनुसार चालु आवको पहिलो चौमासिकमा ३१६ महिला, २२४ पुरुष गरी ५८० जनालाई सेवा प्रदान गरिएको छ। दोस्रो चौमासिकमा ३०३ महिला र २०४ पुरुष गरी ५०७ लाई सेवा दिइएको छ।   चालु आवको असार १० गतेसम्म ५०० भन्दाबढी बिरामीलाई उपचार प्रदान गरिसकेको डा.सिंहले जानकारी दिए।

उनले गरिब तथा विपन्न नागरिकको उपचारमा  १९ लाख भन्दाबढी रकम हालसम्ममा खर्च भइसकेको बताए। निःशुल्क उपचार योजनाले धेरै नगरिकलाई अकालमा मृत्युबाट जोगाएको डा. सिंहको भनाइ छ।

प्रकाशित: १३ असार २०७९ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App