१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

इलाम जिल्ला लीग: सेमिफाइनल भिड्ने टिम पक्का

एन्फा इलाम जिल्ला लीगको सेमिफाइनल समीकरण पुरा भएको छ। बिहीबार लीग चरणको खेल सम्पन्न भएसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएका हुन्।

शुक्रबार हुने सेमिफाइनल खेलमा रेडहर्स फुटबल क्लबले मिलिनय फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम तथा त्रिवेणी यूथ क्लबले फ्रेन्डसिप यूथ क्लब गोदकसँग खेल्नेछ।

रेडहर्स टुँडिखेलमा सम्पन्न समूह ‘ए’ को विजेताको रुपमा र एमएफसी करफोक मैदानमा भएको खेलको समूह ‘बी’ विजेता सेमिफाइनल पुगेको हो।

त्रिवेणी देउमाई नगरपालिकामा भएको समूह ‘बी’ को विजेताको रुपमा र फ्रेन्डसिप करफोकमा भएको समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल पुगेका हुन्।

इलामको ठुलो टुँडिखेलमा सञ्चालित समूह ‘ए’ को खेलमा क्लब ओएसिस र रेडहर्स फुटबल क्लब विजयी भएका छन्।

देउमाईको मंगलबारे स्थित छात्रावास खेलमैदानमा समूह ‘बी’ को खेलमा त्रिवेणी यूथ क्लब विजयी बन्यो। क्लब ओएसिसले हेल्लो जस्बिरे माथि ३–० गोल अन्तरको जित दर्ता गरेको छ।

त्यसैगरी रेडहर्सले देउराली स्र्पोटिङ क्लब माथि १–० गोल अन्तरको जित दर्ता गरेको छ। लीग चरणको खेल सम्पन्न भएसँगै समूह ‘ए’ बाट ३ जितका साथ ९ अंक बटुल्दै रेडहर्स सेमिफाइनल प्रवेश गरेको छ।

एक जीत, एक बराबरी र एक पराजयसँगै ४ अंकका साथ क्लब ओएसिस दोस्रो बनेको छ। समान अंक भएपनि गोल अन्तरको आधारमा देउराली तेस्रो बनेको छ। समूह ‘ए’ बाट हेल्लो जस्बिरे रेलिगेसनमा परेको छ। देउरालीले रेलिगेसन जोगाउन शनिबार प्लेअफ खेल्नेछ।

देउरालीले करफोक मैदानमा भएको प्रतियोगिताको एक टिमसँग रेलिगेसन जोगाउन खेल्ने कोशी प्रदेश फुटबल संघका उपमहासचिव पूर्ण फत्रले जानकारी दिए। उनले देउरालीको प्रतिद्धन्द्धीको बारेमा शुक्रबार टुङ्गो लाग्ने बताए।

त्यसैगरी समूह ‘बी’ अन्तर्गत आजको खेलमा माईभ्याली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै त्रिवेणी ग्रुप च्याम्पियन भएर सेमिफाइनल प्रवेश गरेको हाे। सो समूहमा एक जित र एक पराजय भोगेका माईभ्याली ३ अंकका साथ दोस्रो स्थानमा छ। दुई खेलमा पराजित हेलिबोध एफसी रेलिगेसनमा परेको छ।

प्रकाशित: १७ जेष्ठ २०८१ २१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App