१३ आश्विन २०८१ आइतबार
image/svg+xml

फेरि पछि धकेलियो मेलम्ची सपना

साउन १५ गते आएको बाढीपहिरोले आयोजनाको पहुँचमार्गमा पर्ने चनौटेको पुल क्षतविक्षत बनाएको छ। अघिल्लोपटक बाढीबाटै क्षतिग्रस्त पहुँचमार्गको ट्र्याक हेलम्बु गाउँपालिकाले केही खोले पनि पछिल्लो समयको बाढीपहिरोले भत्काएको छ।

मेयर सेजुवालले प्रक्रिया मिचेर नक्कली योजना छनौट गरेको आरोप

जुम्लाको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालमाथि प्रक्रिया मिचेर नक्कली योजना छनौट गरेको आरोप लागेको छ।

राष्ट्रिय गौरवका आयोजनाको बजेटको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको बजेटको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्।

१८ महिनामा सक्नुपर्ने योजना दुई वर्षमा पनि पूरा भएन

१८ महिनाभित्र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा खानेपानी वितरण गर्ने लक्ष्यसाथ २०७५ साल चैत १४ गते सुरु गरिएको योजनाको काम हालसम्म ९० प्रतिशत सकिएको छ।

मेवा खोला जलविद्युत आयोजनाः वित्तीय व्यवस्थापनका लागि हस्ताक्षर

ताप्लेजुङ्गको मेरिङदेन गाउँपालिकामा निर्माण हुन लागेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा प्रवर्द्धक रहेको सिटिजन्स बैंक इन्टरनेसनल लि.को अगुवाईमा सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ।

६ करोड ४९ लाखको लगानीमा लिफ्टिङ सिंचाइ योजना निर्माण गरिने

गत आर्थिक वर्ष २०७७/७८ मा पुंगखोला मुहान गरी पार्टीखर्कको समथर र उर्बर भूमिमा सिंचाइ गर्ने उद्देश्यका साथ बजेट व्यवस्था गरिएको थियो।

दराजको योजनामा म्याक बुक प्रो १३ र आइफोन १२ जित्ने

अनलाइन बजार दराजले आइतबारदेखि दराज महाबचत बजार सुरु हुने घोषणा गरेको छ। यस अभियानको मुख्य उद्देश्य ग्राहकका लागि बचत प्रवद्र्धन गर्नु रहेको कम्पनीको भनाइ छ।

सिभिल बैंकको दुई नयाँ निक्षेप योजना

सिभिल बैंक लिमिटेडले ‘सर्वाधिक ब्याजदर’ उपलब्ध गराउन सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता सञ्चानमा ल्याएको जनाएको छ।

‘गैरबजेटरी योजना भ्रष्टाचारको सुरुवात’

गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दल गण्डकी प्रदेशका नेता पृथ्वी सुब्बा गुरुङले यसरी वितरण गरिएको गैरबजेटरी बजेट पार्टीको निर्देशनमा वितरण भएको आरोप लगाए। ‘पार्टीको जिल्ला सभापतिहरूको सिफारिसमा रकम बाँडिएको छ, यो गैरबजेटरी योजना हो। गैरबजेटरी खर्च गर्नु भनेको भ्रष्टाचारको सुरुवात हो।

मेलम्चीको पुनःनिर्माण गरेर यस वर्षभित्र काठमाडौंमा पानी ल्याउने : प्रम ओली

‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना धेरै वर्ष लगाएर सम्पन्न भएकाले पुनःनिर्माणमा लामो समय लगाउनु हुँदैन।’ प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए।

दूधकोसी आयोजनाका लागि जग्गा अधिग्रहणको काम सुरु

जिल्ला प्रशासन कार्यालयले आयोजना प्रभावित क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको ५८६ कित्ता, रावाबेँसी गाउँपालिका–२ खार्पाको १ हजार ८९ कित्ता, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको १७४ कित्ता, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीको २ हजार ३३० कित्ता, रावाबेँसी गाउँपालिका–५ दुबेकोलको ३०४ कित्ता र रावाबेँसी गाउँपालिका–६ हौंचुरको ८२१ कित्ता जग्गा प्राप्तिका लागि सूचना जारी गरेको छ।

१५ वर्षकी किशोरीले गरिन् नाबालक भाईको योजनाबद्ध हत्या

उनले कुलोको किनारमा पुगेपछि विवेकलाई तेर्सो परेको सिसमको रुखमा राखिन्। त्यही क्रममा उनले विवेकको खुट्टाबाट चाँदीको बाला निकालिन्। उनले चाँदीको बाला निकाले पछि विवेकलाई किनारमा उभिन लगाइन् र कुलोमा धकेलिन्।

तामाकोशीको सफलताले आत्मविश्वास बढाएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन्।

सोमबारदेखि बल्ने भयो माथिल्लो तामाकोशी, प्रधानमन्त्रीले भाेलि उद्घाटन गर्ने

राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्