७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सिभिल बैंकको दुई नयाँ निक्षेप योजना

सिभिल बैंक लिमिटेडले ‘सर्वाधिक ब्याजदर’ उपलब्ध गराउन सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता सञ्चानमा ल्याएको जनाएको छ। न्यूनतम मौज्दात २५ हजार रहेको ‘सुपर प्रिमियम बचत खाता’मा बैंकले वार्षिक ६.०१ प्रतिशत ब्याजदर सहित ‘मेटलाइफ’ सँगको सहकार्यमा ६ वटा घातक रोगको दुई लाखसम्मको निःशुल्क औषोधपचार बिमा सुविधा दिनेछ। त्यसैगरी, निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम कार्ड, एसएमएस बैंकिङ सेवा पनि प्रदान गर्ने बैंकले जनाएको छ।

त्यसैगरी, खुत्रुके बचत खातामा अन्य बैंकले प्रदान गरिरहेको रिकरिङ डिपोजिटमा जस्तै सर्त तथा बन्देज नराखी बचत गर्न चाहने ग्राहकले दुईदेखि १० वर्षसम्मको अवधि रोजेर मासिक न्यूनतम पाँच सय रूपैयाँदेखि माथि सञ्चय गर्न सक्नेछन्। कुनै महिनामा कारणबस जम्मा गर्न नसके पनि कुनै किसिमको पेनाल्टी नतिरी आफूले निर्धारण गरेको समय सीमापछि साँवा तथा ब्याजको एकमुष्ठ भुक्तानी पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ। 

यस खातामा सुपर प्रिमियम बचत खाताको भन्दा एक प्रतिशत थप ब्याज प्रदान गरिने बताइएको छ। केही गरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवश्यक भएमा सञ्चित रकमको ७० प्रतिशत बिना झन्झट ऋणको रूपमा निकाल्न सकिनेछ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७१ प्रतिशत ब्याजदर दिइरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३ श्रावण २०७८ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App