१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

‘मेयर हुँदा कामले भाषण गर्ने फुर्सद भएन, राजीनामा दिएपछि बल्ल समय मिल्यो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा रहँदा आफूलाई भाषण गर्ने फुर्सद नभएको बताएका छन्।

सोमबार जनकपुरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले ४ वर्षसम्म आफू काममा मात्र केन्द्रित भएको र पदबाट राजीनामा दिएपछि बल्ल बोल्ने फुर्सद मिलेको बताएका हुन्।

आफ्नो कार्यकालको समीक्षा गर्दै बालेनले भने, ‘करिब ४ वर्ष म मेयरको कुर्सीमा बसें, तर यो बीचमा मैले धेरै मान्छेहरूसँग भेटघाट पनि गरिनँ, भाषण पनि गरिनँ। मलाई काम गर्नमै भ्याइनभ्याइ थियो।’

उनले अगाडि थपे, ‘हिजो (आइतबार) राजीनामा दिएपछि बल्ल मलाई फुर्सद भयो र आज यहाँ उभिएर बोल्न पाएको छु।’

पुराना नेताहरूले कामभन्दा बढी भाषण र भेटघाटमा समय बिताउने गरेको प्रति संकेत गर्दै उनले आफू भने नतिजा र कर्ममा विश्वास गर्ने व्यक्ति भएको बताए।

मेयर हुँदा आफूले चुपचाप काम गरेको र त्यसको नतिजा अहिले काठमाडौंवासीले देखिरहेको उनको भनाइ थियो।

अब आफू पूर्णकालीन राजनीतिमा होमिएको र देशको नेतृत्व गर्न तयार रहेको सन्देश दिँदै उनले भाषणभन्दा पनि काम गर्ने ‘मुड’ मा आफू रहेको दोहोर्‍याए।

प्रकाशित: ५ माघ २०८२ १६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App