सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले विशेष पत्रकार सम्मेलन गर्दैछन् । मन्त्री खरेलले मन्त्रालय मै केहीबेरमा विशेष पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।
आगामी फागुन २१ को निर्वाचनलाई उम्मेदवार मनोनयन दर्ताको समय भोलि एक दिनमात्र बाँकी रहँदा मन्त्री खरेलले गर्न लागेको विशेष पत्रकार सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।
राजनीतिक गतिविधिमा संलग्न हुने भए राजीनामा दिन प्रधानमन्त्रीले सुझाएपछि तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिएर पार्टीको नेतृत्व लिएका थिए ।
खरेलको यो विशेष पत्रकार सम्मेलनमा सरकारका कामको जानकारी दिने वा बाहिरिने भन्ने अड्कलबाजी हुन थालेको छ ।
उनी आगामी निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा छन् ।
प्रकाशित: ५ माघ २०८२ १६:४९ सोमबार





