५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मेलम्चीको पुनःनिर्माण गरेर यस वर्षभित्र काठमाडौंमा पानी ल्याउने : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची  खानेपानी आयोजनाको पुनःनिर्माण गरेर कम्तीमा यस वर्षभित्र काठमाडौँ उपत्यकाभित्र पानी ल्याउने व्यवस्था मिलाइने बताएका छन्। ‘राष्ट्रिय गौरवको मेलम्ची  खानेपानी आयोजना धेरै वर्ष लगाएर सम्पन्न भएकाले पुनःनिर्माणमा लामो समय लगाउनु हुँदैन।’ प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए।  

प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्चीका सडक, पुललगायत पूर्वाधारको पुनःनिर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गर्दै आयोजनाको सुरुङ परीक्षण भइरहेकाले त्यसमा क्षति कम भएको बताए। 

प्रकाशित: २६ असार २०७८ १२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App