१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

१८ महिनामा सक्नुपर्ने योजना दुई वर्षमा पनि पूरा भएन

दोसो म्याद गुज्रिँदा पनि खोटाङको दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम सम्पन्न हुन सकेको छैन। १८ महिनाभित्र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा खानेपानी वितरण गर्ने लक्ष्यसाथ २०७५ साल चैत १४ गते सुरु गरिएको योजनाको काम हालसम्म ९० प्रतिशत सकिएको छ।  

आशिष निर्माण सेवा प्रालिले ठेक्का लिएको आयोजनाको पहिलो दोस्रोपल्ट थप भएको म्याद गत असार ११ गते सकिएको कन्सल्टेन्ट इन्जिनियर रामबिक्रम दाहालले बताए। २०७७ असोज ११ गतेसम्ममा पूरा गर्ने गरी २०७५ चैत १३ मा सम्झौता गरेको निर्माण कम्पनीले सो म्यादभित्र आयोजनाको काम नसकेपछि २०७७ फागुन ११ गतेसम्म पहिलो र २०७८ असार ११ गतेसम्मको दोस्रो म्याद थप गरिएको थियो। 

अब केही पाइपलाइन र स्काडाको काम मात्र बाँकी रहेको दाहालले बताए। कोभिड–१९ महामारीका कारण तेस्रोपल्ट म्याद थपका लागि सिफारिस गरिएको जनाइएको छ। ‘ठेक्का सम्झौता अनुसारको काम लगभग सकिएको छ,’ कन्सल्टेन्ट इन्जिनियर दाहालले भने, ‘उपभोक्ता संख्या बढेकाले त्यी थप घरमा हाउस कनेक्सनको काम भइरहेको छ। स्काडाको काम पनि हुँदैछ।’ 

बढ्दो सहरीकरणका कारण दिक्तेल बजारमा बढ्दो खानेपानीको अभाव टार्न पाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याट सहिट) रूपैयाँको लागतमा आयोजनाको काम थालिएको हो।

प्रकाशित: १० श्रावण २०७८ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App