१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पाथिभरा क्षेत्रकाे लिफ्टिङ प्रविधि खानेपानी आयोजना अघि बढ्ने

जग्गा सम्वन्धी विवाद समाधान भएपछि ताप्लेजुङको पाथिभरा क्षेत्रमा लिफ्टिङ प्रविधिको खानेपानी आयोजनामा अघि बढ्ने भएको छ। खानेपानी आयोजनाको निर्माण कम्पनी प्रेरा–बिष्णु जेभी इलाम र पाथीभरादेवी दर्शन केबलकार प्रालिबीच मुहान नजिक बनेको ट्याङकी निर्माणको विषयमा जग्गामा विवाद थियो।

इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो

गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए।

खिम्ती आयोजनाको स्वामित्व हस्तान्तरणमा ढिलाइ

प्राधिकरण र नर्वेजियन कम्पनीबीच भएको विद्युत् खरिदबिक्री सम्झौता अनुसार व्यावसायिक उत्पादन भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरण मातहत आउनुपथ्र्यो। सम्झौता अनुसार २०७७ असारमा तोकिएको समय पूरा भइसकेको छ।

तामाकोसी ढिलाइले कति घाटा ?

नेपाल विद्युत् प्राधिकरणले तामाकोसीको बिजुली प्रतियुनिट ४.०६ रूपैयाँको दरले किनेर प्रतियुनिट औसतमा ९ रूपैयाँ ५० पैसाको दरले बिक्री गर्न सक्थ्यो। आयोजना तोकिएको समयमै नबन्दा प्राधिकरणले पनि प्रत्येक वर्ष १० अर्बको दरले ६ वर्षमा ६० अर्ब रूपैयाँ आम्दानी गुमाएको छ। यो आयोजनामा सेयर लगानी गरेका लगानीकर्ताले पनि ६ वर्षको अवधिसम्म प्रतिफल प्राप्त गर्न सकेका छैनन्।

भेरी–बबई आयोजना: सुरुङ परीक्षणबिनै निर्माण कम्पनीलाई उन्मुक्ति

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा २०७७ भदौ १७ गते सुरुङको परीक्षणबिनै कार्यसम्पादन प्रतिवेदन स्वीकार गरेको औंल्याइएको छ।

भेरी–बबई आयोजनाः सुरुङ परीक्षणविनै निर्माण कम्पनीलाई उन्मुक्ति

भेरीगंगा नगरपालिकाको बबईदेखि चिप्लेसम्मको १२.२ किलोमिटर सुरुङ निर्माणका लागि सिंचाई विभागले चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) सँग १० अर्ब ५७ करोडमा सम्झौता गरेको थियो। हालसम्म ९ अर्ब ८८ करोड रुपैयाँ आयोजनाले निर्माण कम्पनीलाई भुक्तानी दिएको छ।

ठेकेदारलाई फर्कन अवरोध भएपछि प्रधानमन्त्री कार्यालयका सचिव सिडिओ लिएर तामाकोसीमा

माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा काम गरेको ठेकेदारलाई फर्किन बिभिन्न समूहसहित प्रशासनकै अवरोध भएको सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपाने जिल्ला स्थित सुरक्षा अधिकारीहरुलाई लिएर शुक्रबार दिउँसो आयोजनास्थल पुगेका छन्।

पुल निर्माणमा वृज सिमेन्टको सहयोग

पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्टले मिस वर्ल्ड २०२१ ब्युटी विथ ए पर्पाेज परियोजना अन्तर्गतको पुल निर्माणमा सहयोग गर्ने भएको छ। वृज सिमेन्ट मिस नेपाल प्रतियोगिताको प्रायोजकको रूपमा विगत पाँच वर्षदेखि संलग्न छ।

माथिल्लो तामाकोसीको सबै युनिट राष्ट्रिय प्रसारणमा

अपर तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानराज श्रेष्ठले माथिल्लो उक्त आयोजनाको ६ वटै युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जडान भइसकेको बताए।

कर्णालीमा लगानी बढाउन बैंकहरूलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकासबिना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकोले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन्।

कोरोनाले सोलार आयोजनाको अवधि लम्ब्यायो

कोरोना महामारीको प्रभावले तनहुँमा निर्माणाधिन सोलार आयोजनाको निर्माण अवधि लम्बिएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलार फार्म प्रालीले निर्माण गरिरहेको ५ मेगावट क्षमताको आयोजना दुईबर्ष अगाडि नै सक्ने लक्ष्य थियो । नेपाल विधुत प्राधिकरणसँगको पिपिए सम्झौतामा २०१९ जुलाईमा विद्युत उत्पादन गर्ने उल्लेख थियो ।

त्रिशूली १ जलविद्युत् आयोजनाको निर्माण सुरु

ठेकेदार कम्पनीले आयोजनाको २०८३ को मंसिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो विष्फोट गराइएको छ। मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङ लगायत संरचना निर्माण सुरु गरिएको छ।

सानिमा बैंकबाट बिमा दाबी भुक्तानी

सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ। यस बैंकका खातावाल हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएपछि उनकी श्रीमती तनमाया घर्ती पुनलाई १० लाख रूपैयाँ बिमा रकम प्रदान गरिएको बैंकले जनाएको हो।

छैठौं भन्सार सुधार योजना सार्वजनिक

योजनामा व्यापार सहजीकरण, थथार्थपरक राजस्व संकलन, समाजको संरक्षण एवं सुरक्षा, स्वचालित भन्सार प्रणाली र संगठनात्मक विकास तथा क्षमता अभिवृद्धिलाई उपलब्धिको रूपमा राखिएको छ।

कोभिडले विदेशी लगानी ६ अर्ब घट्यो

कोभिडले नयाँ परियोजना सुरु गर्न कठिन हुने भएपछि नेपालमा लगानी गर्न कम विदेशी लगानीकर्ताले अनुमति लिएका छन्। आव ०७७/७८ को १२ मा विदेशी लगानीकर्ताले ३२ अर्ब दुई करोड रूपैयाँ लगानी प्रतिबद्धता जाहेर गर्दै उद्योग विभागबाट स्वीकृत लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्