४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बजेट अभावले आधा दर्जन सडक निर्माण ठप्प

बजेट अभावका कारण जिल्लाका आधा दर्जन सडकको निर्माण कार्य ठप्प भएको छ । बहुवर्षे सडक अन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महŒवका यहाँका ६ वटा मुख्य सडकको निर्माण बजेट अभावमा ठप्प भएका हुन् ।

धनकुटाको कृषि क्षेत्रमा ५ करोड भन्दा बढी बजेट

चालु आर्थिक बर्ष ०७४/०७५ मा धनकुटाको कृषि क्षेत्रमा ५ करोड ३५ लाख ६५ हजार खर्च गरिने भएको छ। कृषि बिकास मन्त्रालयले जिल्लाका ७ स्थानीय तहमा रहेका ३ नगरपालिका र ४ गाउँपालिका मार्फत उक्त रकम खर्च गर्ने भएको हो।

बजेट बनाउँदाको गैरजिम्मेवारी

तत्कालीन अर्थमन्त्री महरासँग अर्थतन्त्रको खासै ज्ञान नभए पनि मन्त्रालयको बजेट टिमसँग अर्थतन्त्रको ज्ञान छैन भन्नु जायज हुनेछैन । सरकारको ढुकुटीमा रहेको पैसा सबै बजेटमा प्रयोग गर्न सकिँदैन भन्ने ज्ञान दुवै सचिवमा नभएको होइन । तर, बजेट बनाउँदा जुन किसिमको लापरबाही गरियो, त्यो अक्षम्य गल्ती हो।

वीरगन्जको अर्धवार्षिक बजेट

चालु आर्थिक वर्षको आधा अवधि अर्थात माघदेखि असार मसान्तसम्मका लागि वीरगन्ज महानगरले पहिलो नगर सभाबाट चार अर्ब २२ करोड २५ लाख ८९ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

एक खर्ब ढाँटेर बजेट बनाइयो

सरकारले चालू आर्थिक वर्षको बजेट एक खर्ब रुपैयाँ गलत तथ्यांक राखेर बनाएको ६ महिनापछि अहिले आएर खुलेको छ ।

वीरगन्ज महानगरको अर्धबार्षिक बजेट ४ अर्ब २२ करोड

चालु आर्थिक बर्षको आधा अवधी अर्थात माघदेखि असार मसान्तसम्मका लागि वीरगन्ज महानगरले पहिलो नगर सभाबाट चार अर्ब २२ करोड २५ लाख ८९ हजार रुपैयाको बजेट पारित गरेको छ।

प्रशासनिक संरचना टुंगो नलाग्दा बजेट तयारीमा समस्या

तीन तहको चुनाव सम्पन्न भई संघीय संरचना औपचारिक रुपमा कार्यान्वयनमा आएसँगै मुलुकमा पहिलोपटक संघीय संरचनाअनुसार बजेट तयारी हुँदैछ ।

कृषिको साढे दुई अर्ब बजेट पूर्वाधारमा

स्थानीय तहका जनप्रतिनिधिले बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उपेक्षा गरेका छन् । कृषिका लागि पठाइएको साढे दुई अर्ब रुपैयाँ बजेट स्थानीय तहले पूर्वाधार लगायत अन्य क्षेत्रमा विनियोजन गरेका छन् ।

कलैया नगरसभाको बजेट ९१ करोड

आर्थिक वर्ष २०७४/०७५ को लागि कलैया उपमहानगरपालिकाले प्रथम नगरसभाबाट का लागि ९१ करोड ३२ लाख ४६ हजार २सय ५ रुपैयाको बजेट प्रस्तुत गरेको छ ।

कालोपत्रे बिनै बजेट स्वाहा !

सडकभरी खाल्डा छन् । दोहोर लेनमा सवारीको लाम छ । सडककोे धुलोले आसपासमा कुहिरो लागेजस्तै छ । वटुवादेखि सवारीचालकसम्म घुलाम्मे छन् । भक्तपुर कमलविनायक हुँदै पर्यटकीय क्षेत्र नगरकोट प्रवेश गर्ने मुख्य सडकखण्डको अवस्था हो यो ।

भवन निर्माणमा दुईथरी बजेटले समस्या

भूकम्पले क्षति पुगेका विद्यालय भवन निर्माणका लागि रसुवामा दुईथरी बजेट आएको छ । जिल्लामा भूकम्पले पूर्ण क्षति भएका २० वटा विद्यालयको २० वटा भवन निर्माणका लागि दुईवटा कार्यक्रम आएका हुन् ।

सोलुखुम्बुको कृषि बजेट

एक नगरपालिकासहित आठ स्थानीय तह रहेको सोलुखुम्बुमा स्थानीय तहपिच्छे कृषि क्षेत्रको बजेटमा भिन्नता देखिएको छ । मन्त्रालयबाट सोलु–दूधकुण्ड नगरपालिकामा एक करोड २७ लाख ४६ हजार कृषि बजेट आएपनि भारी कटौती गरी ७२ लाख रुपैयाँको कार्यक्रम तर्जुमा गरिएको छ । त्यस्तै, लिखुपिके गाउँपालिकालाई ६५ लाख तीन हजार आएकामा ३० लाख रुपैयाँको मात्र कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ ।

कृषि र पशु बजेट पूर्वाधारमा खर्च

सरकारले कृषि तथा पशुपालनको लागि पठाएको बजेट स्थानीय तहले पूर्वाधार लगायत अन्य क्षेत्रमा विनियोजन गरेर खर्च गरेका छन् । कृषि क्षेत्रमा १५ प्रतिशत बजेट विनियोजन गनुपर्ने नीतिगत व्यवस्थालाई लत्याउँदै कृषि र पशुपक्षीको बजेट निर्माणमा लगानी गरेको राष्ट्रिय कृषक समूह महासंघको अध्ययनबाट पत्ता लागेको हो ।

निर्वाचनका कारण बजेट रोकिँदा समस्या

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका कारण बजेट निकासा नहुँदा बाढीबाट क्षतिग्रस्त सिँचाइका संरचना पुनस्र्थापना कार्य प्रभावित भएका छन्।  गत साउन–भदौमा आएको बाढी प्रभावित क्षेत्रमा क्षति पुगेका सिँचाइ आयोजना पुनस्र्थापनाका लागि मन्त्रालयले करिब १७ अर्ब रुपैयाँ माग गरेको थियो। मन्त्रिपरिषद् बैठकबाट निर्णय भई आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

गगन थापाले मतदातालाई बुझाए विकासको फेहरिस्त, सडकमै पाँच अर्ब बजेट

कांग्रेस नेता गगन थापाले आफू सांसद भएर गरेका कामको फेहरिस्त आफ्ना मतदाता समक्ष प्रस्तुत गरेका छन्। अघिल्लो पटक काठमाडौं क्षेत्र नं। ४ बाट संसदमा प्रतिनिधित्व गरेका थापाले चार वर्षे कार्यकालमा सम्पादन गरेका कामको सूची सार्वजनिक गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्