४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भवन निर्माणमा दुईथरी बजेटले समस्या

रसुवा– भूकम्पले क्षति पुगेका विद्यालय भवन निर्माणका लागि रसुवामा दुईथरी बजेट आएको छ । जिल्लामा भूकम्पले पूर्ण क्षति भएका २० वटा विद्यालयको २० वटा भवन निर्माणका लागि दुईवटा कार्यक्रम आएका हुन् । 

विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) र जिल्ला आयोजना कार्यान्वन एकाई (डिएलपिआइयु) मार्फत भवन बनाउनका लागि विद्यालय छनोट गरिएको जिल्ला शिक्षा कार्यालय रसुुवाले जनाएको छ । 

सरकारी निकायबाटै भवन निर्माणका लागि रकम फरक परेपछि विद्यालयले बढी रकम पाउने आशामा डिएलपिआइयुको कार्यक्रम पार्न शिक्षा कार्यालयमा निवेदन पेस गरेका थिए । 

एसएसडिपीबाट भवन निर्माण गर्दा कम रकम आउने भएपछि विद्यालयले अर्को कार्यक्रममा आवदेन दिएका जिल्ला शिक्षा अधिकारी (जिशिअ) होमनाथ न्यौपानेले बताए । ‘आवेदनका आधारमा विद्यालय छनोट गरिसकेका छौं,’ उनले भने, ‘विद्यालयलाई सूचकका आधारमा कार्यक्रम पार्छौं ।’ 

जिशिअ न्यौपानेका अनुसार हरेक विद्यालयले धेरै रकम पाउने कार्यक्रमको चाहना गरेपनि भौगोलिक अवस्था, आवश्यकता र सूचकका आधारमा कार्यक्रम वितरण गर्ने तयारी भएको छ । अहिलेसम्म छनोटमा परेकामध्ये ६ वटा विद्यालय सम्झौताका  लागि आएका छन् । 

जिल्लाको १० वटा विद्यालयमा दुई–दुई कोठाको भवन निर्माणका लागि एसएसडिपी मार्फत १६ लाख रुपैयाँ आएकोे छ भने डिएलपिआइयुमार्फत २१ लाख रुपैयाँ बजेट आएको छ । दुईकोठे भवन निर्माणका लागि कालिका प्रावि, तातोपानी प्रावि, हाकु मावि, पाजुङ प्रावि, नवजीवन प्रावि, जनकल्याण प्रावि, ज्ञानोदय प्रावि, सिम्बन्दी प्रावि, घाङघर प्रावि र प्राङसे प्रावि छनोटमा परेका छन् । 

एसएसडिपीमार्फत भवन निर्माण गर्दा जनसहभागिता चाहिने भएकाले रकम कम हुने कार्यालयको भनाइ छ । त्यस्तै १० वटा विद्यालयमा चारकोठे भवन निर्माणका लागि पनि छुट्टाछुट्टै बजेट आएको छ । एसएसडिपी कार्यक्रममार्फत निर्माण गरे ३६ लाख रुपैयाँ पाउँछन् भने  डिएलपिआइयुमार्फत निर्माण गरे ६३ लाख पाउने कार्यालयले जनाएको छ । 

चारकोठे भवन निर्माणका लागि भूमेदेवी प्रावि, नारायणस्थान प्रावि, सरस्वती निमावि, ढुंगे निमावि, स्यामेवाङफेल मावि, सरस्वती निमावि, ग्रे निमावि, ग्राङ प्रावि, नारायण मावि र पलेप प्रावि छनोटमा परेका हुन् । 

जिल्लामा रहेका ९७ वटा सामुदायिक विद्यालय भूकम्पले क्षति पु¥याएको थियो । दुईकोठे भवन निर्माण एक वर्षभित्र सम्पन्न गर्ने र चारकोठे भवन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

प्रकाशित: २४ पुस २०७४ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App