९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

कलैया नगरसभाको बजेट ९१ करोड

नगरसभामा उपस्थित खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव र नगर प्रमुख राजेश राय यादव साथै अन्य अतिथिहरू ।  तस्बिर : उपेन्द्र यादव

बारा – आर्थिक वर्ष २०७४/०७५ को लागि कलैया उपमहानगरपालिकाले प्रथम नगरसभाबाट का लागि ९१ करोड ३२ लाख ४६ हजार २सय ५ रुपैयाको बजेट प्रस्तुत गरेको छ । 

उपमहानगरपालिका कार्यालयले प्रस्तुत गरेको बजेटमा आय तर्फ सरकारको अनुदान तर्फ ४६ करोड १४ लाख, आन्तरिक श्रोतबाट तीन करोड ७२ लाख, नेपाल सरकारको अनुदान विषयगत कार्यालय तर्फ २२ करोड २९ लाख रहेको छ। 

विनियोजित गरिएको व्यय तर्फको बजेटमा चालु खर्च तर्फ छ करोड ७७ लाख, सामाजिक सुरक्षा र पोषण भत्ता तर्फ १५ करोड २५ लाख र विषयगत कार्यालय तर्फ २२ करोड २९ लाख विनियोजित गरिएको छ । त्यसै गरि  शिक्षा तर्फ १५ करोड ७ लाख ६८ हजार ,स्वास्थ्य तर्फ ५ करोड २२ लाख ४ हजार र कृषि तर्फ १ करोड ३९ लाख ४४ हजार बजेट,  विनीयोजन गरेको छ । 

 

प्रकाशित: २७ पुस २०७४ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App