४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जिजीविषा र महँगो उपचार

सबै जनताको बाँच्ने अधिकारको सुनिश्चितता गर्ने हो भने राज्यले सबै विपन्न जनतालाई निःशुल्क उपचार व्यवस्था गर्नु आवश्यक छ।

चार खेलाडीलाई उपचार खर्च

ब्याडमिन्टनकी रञ्जना र टेबल टेनिसकी मारियालाई समान ८० हजार रूपैयाँ प्रदान गरिएको थियो । जुडोकी सुनीता बोहरालाई ३० हजार र उसुकी सिलु डंगोललाई १९ हजार ६ सय ५५ रूपैयाँ उपलब्ध गराइयो।

कोरोनाको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन्। बिरामीको उपचारमा सघाउ पुर्‍याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन्। महिला स्वास्थ्यकर्मीले पिपिइ सेट लगाई १२/१२ घण्टा बिरामीको सेवामा खटिनुपरेको छ।

कोरोना जित्नेको संख्या हजार बढी

जिल्लाका ५२ जना आज संक्रमण मुक्त भएसँगै कोरोनालाई जित्नेको संख्या १ हजार ४९ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक छ। केन्द्रको तथ्यांकअनुसार हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३७० रहेका छन्।

कलाकार निशा घिमिरेको उपचारार्थ बैंक खाता सञ्चालन

कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ। दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देरादुन गएकी उनी सडक दुर्घटनामा परि गम्भीर घाइते भएकी थिईन्।

निवर्तमान मन्त्री आलेद्वारा उपचारमा सहयोग

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले दुवै खुट्टा भाँचिएर घाइते भएका हुम्लाको सिमकोट गाउँपालिका–७ का ११ वर्षीय बालक युद्ध शाहीको उपचारका लागि आर्थिक सहयोग गरेका छन्।

सर्पदंश उपचार केन्द्रलाई जिड्सको स्वास्थ्य सामग्री

जाल्पा एकीकृत विकास समाज (जीड्स) उदयपुरले त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको ‘सामुदायिक सर्पदंश उपचार केन्द्र’लाई कोभिड रोकथाम गर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

उपचार गर्न नआएको निहुँमा स्वास्थ्यकर्मीमाथि कुटपिट

कोभिड–१९ (कोरोना भाइरस) संक्रमित श्रीमतीको उपचारमा लापरबाही भएको भन्दै हुम्लामा एकजना शिक्षकले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । चंलेखी गाउँपालिका–४, का अमृत रोकायाले स्वास्थ्यकर्मी कालीबहादुर बुढालाई कुटपिट गरेका हुन् ।

दुईपटक मुटुको चाल बन्द भएका बिरामीको सफल उपचार

खुट्टामा घाउ भएपछि बेनी अस्पतालमा भर्ना भएका बेनी नगरपालिका–६,डम्बराका ५५ वर्षीय एक मधुमेहका बिरामीको अचानक मुटुको चाल बन्द भयो । विगत १० दिनदेखि अस्पतालमा उपचारार्थ दिपबहादुर खत्रीको मधुमेहकै कारण खुट्टा बिग्रेपछि शल्यक्रियापछि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको थियो ।

कोरोनाबाट मृत्यु हुनेका परिवारलाई पन्ध्र हजार दिने

सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना संक्रमण भई मृत्यु हुनेका आफन्तलाई १५ हजार रुपैयाँ दिने भएको छ।

अस्पताललाई उपचार खर्च सार्वजनिक गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयका सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो।

कोभिड बिरामीको उपचार खर्च सार्वजनिक गर्न सरकारको निर्देशन

सरकारले कोभिड बिरामीको उपचारबापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ।

एचडियुमा उपचार सफल

केही साताअघि इलाम अस्पतालमा सुरु गरिएको एचडियु (हाई डिपेन्डेन्सी युनिट)मा जटिल बिरामीको उपचार सफल भएको छ । फाकफोकथुम गाउँपालिकाका कोभिड–१९ संक्रमित युवक उपचारपछि डिस्चार्ज भइ घर फर्किएका छन् ।

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएकाे आक्रमणले संक्रमित बिरामीको उपचार प्रभावित

‘घटना भएपछि स्वास्थ्यकर्मीहरु कोभिड वार्डमा आउनै डराउनु हुन्छ, कति बिरामीले त रातको समयमा पाउनुपर्ने औषधीको डोज नै पाएनन्,’ एक जना कुरुवाले नाम नराख्ने सर्तमा नागरिकसँग भने ‘आज बिहान पनि बिरामीले राम्रोसँग केयर पाएका छैनन्, सोधपुछ गर्दा उहाँहरु असुरक्षित भयौं, तपाईको बिरामीलाई साह्रै गाह्रो परेपछि मात्र खबर गर्नु होला, हामी आउँछौं भनेर भन्नु हुन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्