५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट मृत्यु हुनेका परिवारलाई पन्ध्र हजार दिने

सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना संक्रमण भई मृत्यु हुनेका आफन्तलाई १५ हजार रुपैयाँ दिने भएको छ।

कमलामाई नगरपालिकाको बोर्ड बैठकबाट १५ हजार रुपैयाँ दिने निर्णय भएको नगरपालिकाको कार्यालयले जनाएको छ।  

‘कोरोना संक्रमित भई मृत्यु हुनेका परिवारलाई नगरपालिकाले १५ हजार उपलब्ध गराउने निर्णय भएको छ’, नगरप्रमुख खड्गबहादुर खत्रीले भने, ‘कमलामाई नगरपालिकाभित्र बसोबास भई कोरोना संक्रमणका कारण मृत्यु भएकालाई जनही पन्ध्र हजार रुपैयाँ दिने नगरपालिकाको निर्णय हो, उनले भने, यो नगरपालिकाको बोर्ड बैठले निर्णय गरेको छ।’

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढेसँगै सिन्धुलीमा पनि मृत्यु  हुनेको संख्या थपिँदै गएको छ। सिन्धुली जिल्लाभर हाल पन्ध्रसय बढी संक्रमित भइसकेका छन् भने २५ जनाको मृत्यु भएको छ।

प्रकाशित: २० जेष्ठ २०७८ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App