कोरोना जित्नेको संख्या हजार बढी
जिल्लाका ५२ जना आज संक्रमण मुक्त भएसँगै कोरोनालाई जित्नेको संख्या १ हजार ४९ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक छ। केन्द्रको तथ्यांकअनुसार हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३७० रहेका छन्।

सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना संक्रमण भई मृत्यु हुनेका आफन्तलाई १५ हजार रुपैयाँ दिने भएको छ।
सरकारले कोरोना उपचारमा शुल्क लिने निर्णय सच्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी अस्पतालमा कोरोना उपचार र परीक्षणको शुल्क नलिने निर्णय गरेको हो।
कोरोना भाइरसबाट संक्रमितको उपचार गर्न संघ सरकार पन्छिएको अवस्थामा कर्णाली प्रदेश सरकारले भने लक्षणसहितका बिरामीको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।
कोरोना संक्रमणको उपचार संक्रमित स्वयंले गर्नुपर्ने संघीय सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेका बेला प्रदेश २ सरकारले संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ।