४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना जित्नेको संख्या हजार बढी

धनकुटामा कोरोना जित्नेको संख्या हजार नाघेको छ।

जिल्लाका ५२ जना आज संक्रमण मुक्त भएसँगै कोरोनालाई जित्नेको संख्या १ हजार ४९ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक छ। केन्द्रको तथ्यांकअनुसार हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३७० रहेका छन्।

तीमध्ये ३५२ होम आईशोलेसन, ८ जना संस्थागत आईशोलेसन र ९ जना अस्पतालमा उपचाररत छन्। आज जिल्लाका थप ५६ जनामा संक्रमण पुष्टि भएको केन्द्रले जनाएको छ।

प्रकाशित: २ असार २०७८ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App