७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएकाे आक्रमणले संक्रमित बिरामीको उपचार प्रभावित

भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डका ब्लकहरु। तस्बिर:अर्जुन/नागरिक

स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारको काम प्रभावित भएको छ। दाङबाट आएका कोरोना संक्रमित डिल्ली रावतको उपचारका क्रममा बिहीबार राती मृत्यु भएपछि आक्रोशित भएका आफन्तले स्टाफ नर्स, चिकित्सक लगायतलाई आक्रमण गरेका थिए।  

राजनीतिक पावरमा आफुहरुको हत्या गर्ने उद्देश्यले नै आक्रमण गरेको भन्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीले ढुंक्कसँग काम गर्न नसकेको जनाएका छन्। जसले गर्दा कोभिड वार्डमा भर्ना भएका संक्रमित बिरामीको उपचार कार्य नै प्रभावित बन्न पुगेको छ। जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेको रेकर्ड अनुसार भेरी अस्पतालमा १ सय १९ पुरुष र ५८ महिला गरी कुल १ सय ७७ जना कोरोना संक्रमित उपचाररत छन्।  

‘घटना भएपछि स्वास्थ्यकर्मीहरु कोभिड वार्डमा आउनै डराउनु हुन्छ, कति बिरामीले त रातको समयमा पाउनुपर्ने औषधीको डोज नै पाएनन्,’ एक जना कुरुवाले नाम नराख्ने सर्तमा नागरिकसँग भने ‘आज बिहान पनि बिरामीले राम्रोसँग केयर पाएका छैनन्, सोधपुछ गर्दा  उहाँहरु असुरक्षित भयौं, तपाईको बिरामीलाई साह्रै गाह्रो परेपछि मात्र खबर गर्नु होला, हामी आउँछौं भनेर भन्नु हुन्छ।’

‘घटना भएपछि स्वास्थ्यकर्मीहरु कोभिड वार्डमा आउनै डराउनु हुन्छ, कति बिरामीले त रातको समयमा पाउनुपर्ने औषधीको डोज नै पाएनन्,’ एक जना कुरुवाले नाम नराख्ने सर्तमा नागरिकसँग भने ‘आज बिहान पनि बिरामीले राम्रोसँग केयर पाएका छैनन्, सोधपुछ गर्दा  उहाँहरु असुरक्षित भयौं, तपाईको बिरामीलाई साह्रै गाह्रो परेपछि मात्र खबर गर्नु होला, हामी आउँछौं भनेर भन्नु हुन्छ।’

रावतको मृत्यु भएपछि राती करिव ८ बजेतिर मृतकका भाई मानबहादुरसहितको एक समुहले चिकित्सक, स्टाफ नर्स लगायतलाई लखेटीलखेटी आक्रमण गरेका थिए। आफन्तको मृत्यु लगत्तै चारैतिरबाट जम्मा भएर लखेट्दै स्वास्थ्यकर्मीको घाँटी नै थिचिदिएका थिए। स्टाफ नर्सहरु आफ्नो ज्यान जोगाउन ड्युटी रुम र शौचालयमा पस्दा पनि ढोका फोडेर आक्रमण गरिरहे। त्यसपछि  छतबाटै हाम फाल्न बाध्य भएका थिए। आक्रमणमा संलग्न मानबहादुर नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्। उनले उपचारका क्रममा यसअघि पनि मानबहादुरले आफुहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको मान्छे हुँ भन्दै धम्की दिने गरेको स्टाफ नर्सहरु बताउँछन्। ‘घाँटी थिच्ने क्रममा धन्न नफुत्केको भए ज्यानै जान्थ्यो,’ एक स्टाफ नर्सले भनिन्। आफुहरुको हत्या नै गर्ने प्रयास भएको र उक्त घटनाले काम गर्ने वातावरण नै नभएको पीडित स्वास्थ्यकर्मीले बताइरहेका छन्।  

घटनाको छानविन गर्न बनेको समितिमाथि नै स्वास्थ्यकर्मीको शंका छ। आक्रमणमा संलग्न रहेका मानबहादुरसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएपनि अन्य केही फरार रहेको बताइएको छ। उनले पीडित स्वास्थ्यकर्मीले सरकारद्वाराहालै जारी गरिएको ऐन अनुसार दोषीलाई कारबाही गर्नुपर्ने माग गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी ओम रानाले बताए।

नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसीले दोषीलाई कानुनी कारबाही हुने ग्यारेन्टी र अबदेखी यस्ता घटना नदोहोरिने वातावरण नबन्दासम्म ढुक्क भएर काम गर्न गाह्रो हुने बताईन्। ‘हामीले उपचारको काम रोकेका छैनौं, तर अहिले चाही सबै जना एक ठाउँमा जम्मा भएका छौं, दोषीलाई कारबाही नभए काममै नफर्किने अवस्था आउन सक्छ।’ भेरी अस्पतालको कोभिड वार्डमा भएको यो घटना पहिलो भने होईन। यसअघि गत वैैशाख अन्तिम सातातिर पनि स्वास्थ्यकर्मीमाथी हातपात भएको थियाे। 

प्रकाशित: १४ जेष्ठ २०७८ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App