४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

केपी ओली र माधव नेपाल पक्षको छलफल सकियो

करिब चार महिनापछि भएको एमालेका दुवै पक्ष (केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष)बीचको छलफल सकिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको छलफलमा पार्टीमा देखिएको विवाद समाधनका विषयमा वार्ता भएको बुझिएकाे छ। यद्यपि, भेटवार्तामा के भयो भन्ने सार्वजनिक गरिएको छैन।

'केपी ओलीलाई ठेगान लगाउन आउनुभयो भने तपाईंका खुट्टामा बाटैमा ठेस लाग्छ'

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन सबैलाई आग्रह गरेका छन्।

प्रधानमन्त्रीमा टिकिरहन ओलीका चुनौती

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाइ पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको छ।

मन नलागी-नलागी ‘घर फिर्ता’

‘सर्वोच्चले गरेको फैसला निकै अप्रत्यासित भयो, फेरि पुरानै घरमा फर्कनु पर्ने परिकल्पना म मा थिएन,’ उनले भने ‘तर पनि सर्वोच्चले पुरानै घर खडा गरिदिएपछि त्यहाँ फर्कनुको बिकल्प रहेन ।’ तर ओलीविरुद्धको बैचारिक लडाईँ भने समाप्त भैनसकेको उनि बताउँछन् ।

'केपी ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव'

ललितपुरको जावलाखेलमा शनिबार आयोजित दाहाल–नेपाल समूहनिकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहाल र नेपालले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको बताएका हुन् । ‘फेरि केपी ओलीसँग सहमति हुन सक्छ सक्दैन भन्ने सन्दर्भमा सहमति कोसँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत रूपले को कसलाई मन पर्छ वा मन पर्दैन भन्ने विषय यो होइन, यो विचारको विषय हो र यो विधि, पद्धतिको विषय हो, विचारमा एकता भयो भने एकता हुन्छ, नभए हुँदैन,’ अध्यक्ष दाहालले भने ।

केपी ओलीसँग एकताको कुनै सम्भावना छैन : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताको सम्भावना नरहेको बताएका छन्।

वीरेन्द्रनगरमा आयोजित ओलीको सभा स्थगित

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित केपी ओलीको सभा स्थगित भएको छ। फागुन १४ गते आयोजना गरिएको सभा स्थगित भएको ओली पक्षका नेता गुलावजंग शाहले बताए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन् : तत्काल प्रधानमन्त्रीको राजीनामा आउँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्। मंगलबार अबेर सामाजिक संजाल मार्फत उनले भनेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ।

केपी ओलीले सिंगो देशलाई संकटमा पुर्‍याए : नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देशलाई नै संकटमा पुर्‍याएकाले आन्दोलनमार्फत सही ट्र्याकमा ल्याउने दाबी गरेका छन्। उनले प्रधानमन्त्री ओली निरंकुश ढंगले तानाशाही तरिका अपनाएर श्री ३ महाराज जस्तै शासन सञ्चालन गर्न चाहेको बताए।

दुई तिहाई सांसदको नेतृत्व गरेको प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले करिब दुई तिहाई सासंदको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउने जिकिर गरेका छन्।

'नेकपा ओली बा' समूह खोल्नुस् : नेपाल

‘केपी ओलीको नयाँनयाँ अवतार चाहिएको छैन। एउटै केपी ओलीबाट आजित भइसक्यौं। केपी ओलीको नयाँनयाँ अवतार आयो भने यो देश थिलथिलो भएर सिद्धिन्छ,’ उनले भने। ओली प्रवृत्तिको पुनरावृत्ति गर्न नभएर देश र लोकतन्त्रले जित्नुपर्ने अध्यक्ष नेपालले बताए।

ओलीले देशभरबाट होइन झापाको एक क्षेत्रबाट जितेका हुनः पुन

नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन 'अनन्त'ले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन्।

पूर्वाग्रह त्यागेर भूमि समस्या समाधान गर्न निर्देशन

प्रधानमन्त्री केपी ओलीले भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई कुनै पनि पूर्वाग्रह नराखी भूमिसम्बन्धी समस्या समाधान गर्न निर्देशन दिएका छन्। सय वर्षभन्दा पनि पुरानो समस्या समाधान गर्ने जिम्मेवारी आएको भन्दै उनले यो समस्या समाधान नभई सुखी नेपाली, समृद्ध नेपाल सम्भव नहुने पनि उल्लेख गरे।

ओली र हामीलाई उस्तै भन्दा अन्याय हुन्छ : दाहाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरूको तुलना गरिए अन्याय हुने बताएका छन्।

प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद विघटन हुन्छ : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई काम गर्न नदिने अवस्था आयो भने संसद विघटन गर्न सकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्