१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद विघटन हुन्छ : केपी ओली

नारायणहिटी अगाडि आयोजना गरिएको सभामा बोल्दै ओली। तस्बिर : मोनिका मल्ल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई काम गर्न नदिने अवस्था आयो भने संसद विघटन गर्न सकिने बताएका छन्।  

'बेलायतमा लिखित संविधान छैन, कतै लेखेको पनि छैन तर अस्ति भर्खर संसद विघटन गरेर निर्वाचन भयो', उनले भने, 'हाम्रै बलमा संसदमा आएर काम गर्न नदिने। त्यसको विकल्प ताजा जनादेशबाट खोज्नुपर्छ।'

शुक्रबार नारायणहिटी अगाडि आयोजना गरिएको सभामा बोल्दै ओलीले संसद विघटन संविधानसम्मत छ कि छैन भनेर जबर्जस्ती वहस निकालिएको बताए। जब सरकार चलाउन दिइएन, संसदलाई ठिकसँग चल्न दिइएन, किनबेचको खेल, समिकरणको राजनीति गरियो तब मात्रै ताजा जनादेशमा जाने निर्णय गरिएको उनको भनाई छ। बहुमतको सरकार ढालेर जोरजामको सरकार बनाउन खोजेर काम गर्न नदिने ठिक कि काम गर्न खोज्ने ठिक जनताले  फैसला दिनुस् भनेर निर्वाचन घोषणा गरेको उनले बताए।  

उनले पटक पटक चुनावमा जान पर्ने बताए। उनले भने, 'अस्थिरतातर्फ होइन चुनावतर्फ जाउँ। अस्थिरता होइन चुनावतर्फ जाउँ। अस्थिरता होइन चुनाव चाहियो। हामी धम्की दिँदैनौ अनुरोध गर्छौं।' दाहाल-नेपाल समूहले अदालत र निर्वाचन आयोगलाई धम्की दिएको आरोप लगाए। देशका निकायहरु स्वतन्त्र रहेको र विवेकसम्मत निर्णय गर्ने बताए। 'देश चुनावतर्फ गयो गयो', उनले भने, 'अब चुनावले फैसला गर्छ कसको सरकार बन्नुपर्छ।'

नक्सा छापेर संविधान संशोधन गरेपछि आफुलाई सरकारबाट हटाउन खोजेको आरोप लगाए। आफुलाई तीन वर्षसम्म कम गर्न नदिएको बताउँदै उनले दुई चार जना मानिस पार्टीबाट बाहिरिएपछि बल्ल आयोगहरु बनेको बताए। अघिल्लो पटक पारवाहन सन्धी गरेपछि सरकारबाट हटाइएको ओलीको दावी छ।

 

 

 

प्रकाशित: २३ माघ २०७७ ०९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App