१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'केपी ओलीलाई ठेगान लगाउन आउनुभयो भने तपाईंका खुट्टामा बाटैमा ठेस लाग्छ'

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन सबैलाई आग्रह गरेका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित बृहत राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ७ गतेका लागि बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन आग्रह गरेका हुन्। उनले बैठकमा अनुपस्थित हुँदै गएमा पार्टीका विधानअनुसार कारबाही हुने समेत चेतावनी दिए।

सम्बोधनका क्रममा उनले आफू सँधै पार्टी एकताको पक्षमा रहेको समेत जिकिर गरे। ‘म हिजो माओवादी केन्द्रमा रहेको साथीहरुलाई आग्रह गर्न चाहन्छु। हामीले एकता गरेका थियौं, एकतामा कायम रह्यौं अगाडि गरौं,’ उनले भने, ‘म स्वागत गर्छु साथीहरुलाई, आउनुहोस् सँगै मिलेर अघि बढौं।’

उनले एमालेमा फर्किनेहरुले सच्चिएर भने आउनुपर्ने बताए। ‘बाटो बिराएका नेताहरुलाई पनि म भन्न चाहन्छु, सच्चिनुहोस् र आउनुहोस्। यसो वक्तव्यवाजी सुन्छु कतैकतै ‘हामी फर्किन्छौं, केपी ओलीलाई ठेगान लगाउन फर्किन्छौं’ भन्ने। खुट्टि देख्दै पत्त्याइयो, केपी ओलीलाई ठेगान लगाउन फर्किने रे! काम गर्न आउनुहोस्, पार्टी चलाउन आउनुहोस्, देश बनाउन आउनुहोस्, सच्चिएर आउनुहोस्। केपी ओलीललाई ठेगान लगाउन आउनुभयो भने तपाईंका खुट्टामा बाटैमा ठेस लाग्छ,’ ओलीले भने।

 

प्रकाशित: २९ फाल्गुन २०७७ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App