४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नारायणहिटी अगाडि प्रधानमन्त्रीको सभा (Live)

नेकपा ओली समूहको सभा सुरु भएको छ। काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि भएको सभामा नेताहरुले सम्वोधन गरिरहेका छन्।

केपी ओली पछाडि नहटे अहिलेसम्मकै ठूलो जनआन्दोलन हुन्छः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारको निर्णय नसच्चिए ठूलो जनआन्दोलन हुने बताएका छन्।

‘एकपटक सूर्य चिन्हमा छाप नलगाएको मान्छेले मेरो हो सुर्य चिन्ह रे !’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिन्ह आफूहरुको भएको दोहोर्‍याएका छन्।

सडकमा विरोध गरिरहेकाहरूलाई वैशाखको चुनावबाट बरफ पग्लिएझैँ पखाल्छौं : प्रधानमन्त्री ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको अर्काे समूहलाई आग्रह गरेका छन्।

दाहाल-नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटायो

नेकपा (दाहाल–नेपाल) समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ। आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो।

नेपाल बारले भन्यो : प्रधानमन्त्रीले सार्वजनिकरुपमा माफी माग्नुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले वकिलहरु र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई संकेत गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल बार एसोसिएनसनले खेद प्रकट गरेको छ।

पूर्वजनमुक्ति सेनाका कमाण्डरलाई ओलीले भने-तपाईंले दिएको योगदान, त्याग, बलिदानप्रति सम्मान छ

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूले जनयुद्धमा खेलेको भूमिकाको प्रशंसा गरेका छन्।

‘ओली विश्वासघाती, नरसंहारकारी, भष्मासुर, हिटलरको नेपाली संस्करण’

नेपाल कम्युनिस्ट पार्टी (नेपाल–दाहाल) समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले देखाएको प्रवृत्ति हेर्दा माफीमात्रै दिएर छाड्ने अवस्था नभएको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित जनसभामा अध्यक्षद्वयले ओली भष्मासुर भएको र त्यस्ता व्यक्तिलाई सामान्य रुपको माफीले नपुग्ने बताएका हुन् ।

केपी ओलीलाई घुँडा नटेकाएसम्म जारी आन्दोलोनले विश्राम लिनेछैन : घनश्याम भुसाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पराजय निश्चित भएको दाबी गरेका छन्।

कामचलाउ नस्वीकार्ने ओली हठ

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको सोमबार ठ्याक्कै एक महिना पुग्यो। पार्टीको आन्तरिक विवाद चर्किएपछि गत पुस ५ गते आइतबार प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेका थिए।

ढुक्क हुनुहोस्, फेरि केपी ओलीसँग मिल्ने कुनै सम्भावना छैन : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले फेरि केपी ओलीसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छन्।

ओलीको पार्टी सडकको धुलो छाप पार्टी हुनेछ : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गरेका छन्।

‘कानुनमाथि केपी ओली पो रहेछन्’

‘वुमन इन पोलिटिक्स’ लेखिएको टिसर्ट लगाएर मंगलबार युवतीहरूको एक समूहले फ्ल्यास मोब गरिरहेको थियो । फ्ल्यास मोब गरिरहेको उनीहरू भनिरहेका थिए, ‘कानुनमाथि को रहेछन् ? केपी ओली पो रहेछन् ।’

प्रधानमन्त्री समर्थकको र्‍याली : केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काठमाडौंमा र्‍याली निकालेको छ।

ओलीको दाबी : पार्टी फुटाउन खुमलटारमा २८० बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा फुटाउन खुमलटारमा मात्रै २८० वटा बैठक बसेको दाबी गरेका छन्। नेकपा ओली समूहको अनेरास्ववियुको कार्यकर्ता भेलामा बोल्दै ओलीले गत वैशाख १३ गतेदेखि पुस ४ गतेसम्म प्रचण्ड निवासमा पार्टी फुटको तयारीका लागि २८० बैठक बसेको दावी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्