२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री समर्थकको र्‍याली : केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा

प्रज्ञा प्रतिष्ठानतर्फ जाँदै केपी शर्मा ओली समर्थक र्‍याली। तस्बिरः नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काठमाडौंमा र्‍याली निकालेको छ। काठमाडौंको नयाँ बानेश्वर, सुन्धारा, माइतिघर मण्डला, जमल लगायतका स्थानबाट निस्केको र्‍याली प्रज्ञा प्रतिष्ठान पुगेर कोणसभामा परिणत भएको छ।  

प्रधानमन्त्री ओलीका समर्थकले ‘नेपाली जनता के भन्छ, केपी ओली ले भन्छ’, ‘गाउँबेँसी सहर, ओलीको छ लहर’, ‘केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा’ लगायतका नारा लगाएका थिए।  

ओली पक्षीय राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीको आयोजनामा र्‍याली निकालिएको हो। 

सरकारले संसद विघटन गरेपछि अहिले त्यसको पक्ष र विपक्षमा देशभर प्रदर्शन भइरहेको छ।

प्रकाशित: २५ पुस २०७७ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App