१० मंसिर २०८१ सोमबार
image/svg+xml

लुम्बिनीमा बढ्यो कुपोषण

लुम्बिनीमा गत वर्षभन्दा यस वर्ष कुपोषणको दर बढेको देखिएको छ। २०७७/०७८ मा २.८ प्रतिशत रहेको कुपोषण दर २०७८/०७९ मा ०.६ प्रतिशतले वृद्धि भएको हो।

मधेश प्रदेशका शहीद परिवारलाई भरणपोषण र छात्रवृत्ति

मधेश आन्दोलन र जनयुद्धका क्रममा शहीद भएकाको परिवारलाई भरणपोषणबापत मधेश प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ।

गरिबीमा स्वास्थ्य समस्या

स्थानीय जनतालाई सडक कि स्वास्थ्य भन्ने कुरा कसैले विचार गरेन। समुदाय पनि बोलेनन्। ठेकेदार नेताका मान्छे भए। यस्तो तरिकाले काम गर्ने सरकारले जनस्वास्थ्यको रक्षा गर्न सक्दैन भन्ने स्पष्ट छ।

बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित

नेपाली कांग्रेस बाँकेको क्षेत्रीय सभापतिमा पोषण केसी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी संस्थापन(देउवा)पक्षका माधवराम खत्री(ढकाल)लाई ४७ मतले हराउँदै संस्थापन इतर(कोइराला पौडेल) पक्षका केसी निर्वाचित भएका हुन्।

बालबालिकामा कुपोषण बढेको बढ्यै

बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउन सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती कार्यक्रम प्रभावकारी नहँुदा लक्षित वर्गसम्म कार्यक्रम पुग्न सकेको छैन।

सुत्केरीलाई उपाध्यक्षको कोसेली (अपडेट)

सुत्केरी महिलाको पोषण सुधार्न शिवना गाउँपालिकाले सुत्केरीलाई उपाध्यक्षको कोसेली कार्यक्रम सुरु गरेको छ । एक हजार दिनका आमा तथा शिशुको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले गत वर्षदेखि उक्त कार्यक्रम संचालन गरेको हो । पोषिला खानेकुरा भएको झोला कोसेलीको रुपमा दिन थालेको हो ।‘पोषिलो आहार शिशुको स्याहार,स्वस्थ बालक स्वस्थ नागरिक’ भन्ने नारासहित गाउँपालिकाले कोसेली अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ ।

मृत प्राध्यापक र भारतपरस्त अन्तर्राष्ट्रिय दुष्प्रचार अभियान

यो नेटवर्क विश्वका एक सय १६ देशमा फैलिएको छ। यसले युरोपियन पार्लियामेन्टको सदस्य र संयुक्त राष्ट्र संघका अधिकारीलाई प्रभाव पार्ने गरेको छ। साथै, युरोपियन युनियन र संयुक्त राष्ट्र संघीय कर्मचारीलाई श्रीवास्तव ग्रुपका गतिविधिका बारेमा कति जानकारी छ भन्ने प्रश्न उठाएको छ।

कमजोर पोषणले २० सेन्टिमिटरसम्म उचाइ फरक पार्ने: अध्ययन

पोषणले बालबालिकाको उचाइमा २० सेन्टिमिटरसम्म फरक पार्ने एक समीक्षात्मक अध्ययनले देखाएको छ।

पोषणयुक्त खानामा सहयोग

विश्व खाद्य कार्यक्रमले अमेरिकाको सहयोगमा नेपालको सुदूरपश्चिम र कर्णाली क्षेत्रका बालबालिकालाई पोषणयुक्त खाना वितरण गर्ने भएको छ ।

एक वर्षमा पाँच लाख खर्च, पाँच करोड फ्रिज

वार्षिक बजेट छ करोड । खर्च भएको एक करोड १२ लाख, हुन नसकेको करिब पाँच करोड । यो बित्तिय बिवरण हो गोरखा स्थित खाद्य तथा पोषण सुरक्षा आयोजना, आयोजना क्लस्टर इकाईको ।

दुई वर्षमुनिका बालबालिकाको पोषण स्थितिमा सुधार हुँदै

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा दुई वर्षमुनिका बालबालिकाको पोषण स्थितिमा सुधार आएको देखिएको छ । २०७३ सालमा स्थानीय सरकार अस्तित्वमा आएपछि लागू गरिएको शिशु पोषण प्रवर्धन कार्यक्रमका कारण गाउँपालिकामा जन्मेदेखि २३ महिना उमेर समूहका बालबच्चाको पोषण स्थितिमा सुधार आएको हो ।

क्वारेन्टिनमा भोकभोकै बालबालिका

सामान्यतयाः दुई वर्षदेखि माथिका बालबालिकालाई बिहान–बेलुकीको खानासँगै दिनमा कम्तीमा पनि चारपटक खाजा र ‘स्न्याक्स’ खुवाउनुपर्छ। उनीहरुलाई दैनिक चारपटक खाजा, फलफुल खुवाउनुपर्छ।

सरकारी स्वास्थ्य संस्थामा पोषणविद नराखेको गुनासो

सरकारले नीति अनुसार सरकारी स्वास्थ्य संस्था,महामारी नियन्त्रण अभियानमा पोषणविदलाई समावेश नगरेको गुनासो नेपाल डाइटिसियन संघको छ। संघले हालै पे्रस विज्ञप्ति जारी गरी यस्तो गुनासो गरेको हो।

जिल्ला अस्पतालमा पोषण पुर्नस्थापना गृह सञ्चालनको तयारी

जिल्ला अस्पताल खोटाङमा कुपोषित बालबालिकाको उपचार एवं स्याहार सुसारका लागि आवासीय पोषण पुर्नस्थापना गृह सञ्चालनको तयारी गरिएको छ । कुपोषणग्रस्त बालबालिकाको उचित खानपानका साथै उचित स्याहार सुसारको व्यवस्थाका लागि नेपाल युथ फाउन्डेसनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखामार्फत जिल्ला अस्पतालले आवासीय पोषण पुर्नस्थापना गृह सञ्चालनको तयारी गरेको हो ।

गर्भवती, सुत्केरी र बालबालिकालाई पोषण प्याकेज

फेसबुकमार्फत सहयोग संकलन गरेर युवाहरुले गर्भवती, स्तनपान गराउने र सुत्केरी महिलाका साथै किशोरी र बालबालिकालाई पोषण खानेकुरा सहयोग गरेका छन् । भोर क्याम्पियनमार्फत संकलित रकमबाट वीरेन्द्रनगर नगरपालिका–१ का १०१ जना महिला, किशोरी र बालबालिकाहरुलाई अण्डा, हरियो तरकारी, तोरीको तेल, गेडागुडी, दाल, पोषणयुक्त चामललगायत सहयोग गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्