coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एक वर्षमा पाँच लाख खर्च, पाँच करोड फ्रिज

गोरखास्थित खाद्य तथा पोषण सुरक्षा आयोजना, आयोजना क्लस्टर इकाई । तस्बिर : नागरिक

वार्षिक बजेट छ करोड । खर्च भएको एक करोड १२ लाख, हुन नसकेको करिब पाँच करोड । यो बित्तिय बिवरण हो गोरखास्थित खाद्य तथा पोषण सुरक्षा आयोजना, आयोजना क्लस्टर इकाईको । गतवर्ष पाँच लाखको बिउ वितरण बाहेक अन्य काम कार्यालयले गरेन । पाँच लाख बाहेक खर्च भएको सबै रकम तलब भत्ताको भएर बित्तिय प्रगती १६.८१ प्रतिशत देखिएको हो ।  

‘लाभग्राही छनौट ढिला भएको र कोरोना प्रभावले कार्यक्रम केहीपनि गर्न सकिएन’ कार्यालयका कृषि अधिकृत नारायण पौडेलले भने । यो कार्यालय २०७२ सालको भूकम्पबाट प्रभावित गोरखा र सिन्धुपाल्चोकमा रहेको छ । गोरखामा रहेको कार्यालयले गोरखाको दुईवटा र धादीङको दुई गरी चार गाउँपालिकामा काम गर्छ । यी गाउँपालिकाका किसानको खाद्य, पोषणको सुरक्षा ग्यारेन्टि गर्ने गरि संचालित परियोजनाले वर्षभरी काम गर्न नसक्दा लाभग्राहीले कुनै सुविधा पाएनन् ।  

तरकारी खेती, खाद्यान्न, करेसाबारी, रैथाने बाली प्रर्वद्धनमा सहयोग गर्ने प्राविधिक चिन्तानारायण खनालले बताए । भेटनरी तर्फ बाख्रा, कुखुरा, बोयर बोका पालनमा सघाउने र घाँस खेतीमा प्रोत्साहन गर्ने कार्यक्रम रहेको छ । पोषण तर्फ सुनौलो हजार दिनका शिशु र आमालाई पोषणमा सहयोग गर्ने, चेतनामुलक पाठशाला सञ्चालन गर्ने र यी सबै कर्याक्रम लाभग्राही छनौट भएका टोलमा समूह मार्फत सञ्चालन हुने प्राविधिक खनाल बताउँछन् ।  

गोरखाको गण्डकी गाउँपालिकामा यी सेवा लिने तीन हजार दुई सय ३९ घरधुरी किसान छन् भने बारपाक सुलिकोट गाउँपालिकामा चार हजार एक सय ४० घरधुरी छन् । बेनिघाट रोराङमा तीन हजार पाँच सय ८१ र गजुरी गाउँपालिकामा तीन हजार पाँच सय लाभग्राही छानिएका छन् । ‘हामीले २० हजार लाभग्राहीको तथ्याङ्क लिएका थियौँ’ कृषि अधिकृत पौडेलले भने । छनौट भएर आएकाहरुलाई सेवादिने गरी कार्यक्रम समूहमा संचालन गरिने उनले बताए ।  

कृषि ज्ञान केन्द्रको भवनमा सुरु भएको कार्यालयले २०७६ भदौमा नयाँ घर भाडामा लिएर कार्यालय राखेको छ । यो परियोजना २०८१ सम्मका लागि संचालन गर्ने गरि सुरु भएको हो । कार्यक्रमको मोडालिटि यकिन नहुँदा पनि कामगर्न नसकिएको कर्मचारीको भनाई छ ।

प्रकाशित: ११ श्रावण २०७७ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App