१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सडक स्तरोन्नति नहुँदा सुन्तला ढुवानीमा कठिनाइ

गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ।

कच्ची घरको अभिलेखीकरण गर्दै माडी नगरपालिका

माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरूको अभिलेखीकरण सुरु गरेको छ। सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो।

चार वर्षमा दुई सय १८ किमी सडक कालोपत्र

प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५÷७६ मा २६ दशमलव १८ किमी, २०७६/७७ मा ५२ दशमलव २१ किमी, २०७७/७८ मा ४० दशमलव ६१ किलोमिटर र आव २०७८/७९ मा ९८ दशमलव ७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको हो।

हिलाम्मे सडकका कारण एम्बुलेन्स सेवा प्रभावित

हिउँद याममा सञ्चालन हुने जिल्लाका दर्जनौं सडक वर्षाका कारण अवरुद्व हुँदा एम्बुलेन्स आवत–जावतमा कठिनाइ भएको हो। सडक अवरुद्व हुँदा १० स्थानीय तहमा बिरामी ओसार–पसारमा प्रयोग हुँदै आएको एम्बुलेन्स सेवा प्रभावित भएको हो।

भ्रष्टाचारले थलिँदै स्थानीय तह

गाउँपालिकाहरूमा अनियमितता गर्ने र ढाकछोप गर्नेको जालो छ। सेटिङमा अटाउने कर्मचारीलाई कानुनी प्रावधान मिचेर जिम्मेवारीमाथि जिम्मेवारी थपिएको छ। नियम र कानुनी प्रावधानको धज्जी उडाउँदै भएका र भइरहेका अनियमितताको इमानदार छानबिन हुनुपर्ने उपभोक्ता बताउँछन्।

विपदमा पनि काम लागेन हुम्दे विमानस्थल

सडक सम्पर्कबाट अलग्गिएका मनाङवासीलाई अत्यावश्यक आउजाउमा हवाई यातायात विकल्प थियो। तर जिल्लाको विमानस्थल उपयोग गर्नेतर्फ कसैको ध्यान गएको छैन। हेलिकप्टर चार्टर गरेर दिनहुँ महँगोमा दैनिक उपभोग्य वस्तु ओसारपसार भइरहेको छ।

जोखिमयुक्त छन् ग्रामीण सडक

गत असार २० गते बैतडीको सिगास गाउँपालिका–३ का ६४ वर्षीय रामसिंह धामी उपचारको लागि डडेल्धुरा जाँदै थिए। अस्पताल नपुग्दै जिप दुर्घटनामा उनले ज्यान गुमाए। उपचारका लागि हिँडेका धामीसहित गाउँका अन्य २ जनाले पनि सोही दुर्घटनामा ज्यान गुमाए भने १२ जना घाइते भए। कच्ची सडकमा जिप अनियन्त्रित भएपछि दुर्घटना भएको हो। झन सिकारु चालकले अनियन्त्रित भएको जिपलाई नियन्त्रण गर्न सकेनन्।

एक सातामा तीन दुर्घटना : दुईको मृत्यु, १४ गम्भीर

फागुन २१ गते गोरखाको आरूघाट गाउँपालिका–१ मान्बुमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भयो भने धार्चे गाउँपालिका उपाध्यक्ष सहित सात जना गम्भीर घाइते भए । धार्चे गाउँपालिका वडा नं.६ का वडा सचिव किरण भण्डारीको घटनास्थलमै ज्यान गयो । अन्य घाइते भएकालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौँ लगियो । अहिले पनि उनीहरूको नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।

चाडवाडको मुखमा सबै ग्रामीण सडक अवरुद्ध

दसैं र तिहारको मुखमा खोटाङका अधिकांश कच्ची सडक अवरुद्ध भएका छन्। चार/पाँच दिन यता परेको वर्षाका कारण जिल्लाका कुनै पनि लोकल रुटमा सवारी साधन चल्न सकेको छैन्।

सडकमा हिँड्नै मुस्किल

जिल्लाका अधिकांश ग्रामीण बस्ती कच्ची सडक पार गरेर जानुपर्ने हुन्छ। यी बस्तीमा जान वर्षा लागेदेखि नै सवारी आवतजावत बन्द भएको छ।

कालोपत्रे सडकमा कच्चीको भाडा

गोरखा–आरुघाट सडक र गोरखा–भच्चेक सडक कालोपत्रे भईसक्दा पनि यातायात ब्यवसायीले भने कच्ची कै भाडा असुलिरहेका छन्  ग्रामिण भेगमा यातायात संचालन गर्दै आएका ब्यवशायीले सडक कालोपत्रे र ग्राबेल भइसक्दा पनि भाडा भने कच्चीहुँदा अनुसार नै लिएको गुनासो यात्रुहरुको छ।

५ लाख लिटर क्षमताको खानेपानीको ट्यांकी निर्माण गरेका छौं

जनप्रतिनिधि भएर आएको दुईवर्ष बितिसक्यो। हाम्रो वडा ग्रामीण भूभागमा अवस्थित छ। त्यसैले कच्ची सडकको स्तरोन्नति, खानेपानी लगायतका योजनालाई प्राथमिकताको साथ अगाडि बढाइरहेका छौं।

अध्यक्षको सट्टा जनतालाई गाडी

कच्ची सडक विस्तार नहुँदै अधिकांश स्थानीय तहका जनप्रतिनिधिबीच महँगा गाडी चढ्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ। जनता धुलो खाँदै हिँडिरहेका बेला जनप्रतिनिधि महँगो गाडीमा हुइँकिएको दृश्य सामान्यजस्तै भइसकेको छ।

कच्ची सडकमा जोखिमपूर्ण यात्रा

मापदण्ड नपुगेका बैतडीका ग्रामीण सडकमा चल्ने सवारी साधनमा जाँदा ज्यान हत्केलामा राखेर जानुपर्ने बाध्यता छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्