१० मंसिर २०८१ सोमबार
image/svg+xml

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका छन्।

बागबजारबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको विरोध गर्दै कालो झण्डा देखाउन तयारी अवस्थामा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्।

कार्यकर्तामुखी कार्यक्रम नल्याउन जुम्लाबासीको सुझाव

जुम्लाका संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार माताहतका सरकारी कार्यालयले आर्थिक वर्ष २०७७।०७८ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन्। यहाँका ३२ सरकारी कार्यालयले कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्।

नेता–कार्यकर्ता सडकमा, नियुक्ति खाने बिचौलिया

नेकपाभित्र हजारौं नेता–कार्यकर्ता सक्षम हुँदाहुँदै सरकारले भने छानीछानी बिचौलिया, मन्त्रीका आफन्त तथा नेताका पारिवारिक सदस्यलाई नियुक्ति दिइरहेको छ । सरकार सञ्चालन गरेको दुई वर्ष यता दर्जनौं यस्ता नियुक्ति भएका छन् जुन विवादमा तानिएका छन् ।

विप्लवका कार्यकर्ता पक्राउ गर्दै प्रहरी

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न थालेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दुई, दैलेखबाट एक, सल्यानबाट दुई, रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन र डोल्पाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

नेकपाको शीर्ष नेतृत्वमा देखिएको बिबादले कार्यकर्ता निरास

पार्टी बिभाजनसम्मको जोखिमसहित सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी(नेकपा)को केन्द्रीय तहमा देखिएको बिबादले जिल्ला तहका कार्यकर्तामा निरासा छाएको छ ।

पार्टीभित्र गम्भीर समस्या छ तर पार्टी फुट्दैन : अध्यक्ष दाहाल

पार्टीभित्रको समस्याले समाधान नपाएपछि तनाव छल्न शनिबार चितवन आइपुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र गम्भीर समस्या सिर्जना भएको तर पार्टी नफुट्ने दाबी गरेका छन् ।

कार्यकर्ता रोजगार कार्यक्रम

सरकारले जनताबाट आना–सुका असुलेर जम्मा गरेको पुँजी आफूखुसी प्रयोग गर्न कदापि मिल्दैन। सरकार जनताप्रति उत्तरदायी छ भने चुनाव र पार्टीको फाइदालाई हेरेर कुनै पनि कार्यक्रम बनाउन र बजेट खर्च गर्न पाइँदैन। यसो गर्नु कुनै पनि प्रजातान्त्रिक सरकारको चरित्र होइन। जनउत्तरदायी सरकारले मुलुक र आम जनताका लागि सबैभन्दा आवश्यक ठानिएको क्षेत्र र कार्यक्रममा बजेट खर्च गर्छ।

नेकपा र काँग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, छर्रा लागेर १८ जना घाइते

सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस (नेका) कार्यकर्ता बीच झडप भएको छ।

बजेट परम्परागत र कार्यकर्तामुखी : प्रतिपक्षी

प्रतिपक्षी दलहरुले गण्डकी प्रदेशको बजेट परम्परागत र कार्यकर्तामुखी भएको आरोप लगाएका छन् । यही असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङद्वारा प्रदेशसभामा प्रस्तुत बजेटमाथि बुधबारदेखि प्रदेशसभामा सुरु भएको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीका सांसदले कोरोनाविरुद्ध लड्नेगरी ल्याउनुपर्ने बजेट परम्परागत र कार्यकर्तामुखी भएको टिप्पणी गरेका हुन् ।

गाउँपालिका अध्यक्षलक्षित बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

झण्डै ५ महिनाअघि गाउँपालिका अध्यक्षको कार्यकक्षनजिक बम राखेको आरोपमा विद्रोही नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता मंगलबार पक्राउ परेका छन् ।

किरात जनवादी वर्कर्स पाटीका दुई कार्यकर्ता रिहा

कुनैबेला पूर्वी नेपालमा शसस्त्र आन्दोलन चर्काएको किरात जनवादी वर्कर्स पाटीका दुई कार्यकर्ता रिहा भएका छन् । डाका मुद्धामा जिल्ला कारागार शाखा ईलाममा जेल परेका दावा शेर्पा र अवैध चन्दा असुलीमा जिल्ला कारागार शाखा खोटाङमा जेल जीवन विताइरहेका क्रान्तीलाल भनिने तौलवकुमार राई रिहा भएका हुन् ।

राहत वितरणमा अवरोध

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले नगरवासीलाई सहुलियत दरमा खाद्यान्न, मल, बीउबिजनलगायत सामग्री वितरण गर्दा काँग्रेसका स्थानीय कार्यकर्ताले अवरोध गरेका छन्।

विप्लव कार्यकर्ताद्वारा ६ वटा गाडीमा आगजनी

प्रतिबन्धित विप्लव कार्यकर्ताले कपिलवस्तुमा ६ वटा गाडीमा आगजनी गरेका छन्। उनीहरुले कपिलवस्तुको हुलाकी सडक निर्माणको ठेकेदार कम्पनी शर्मा एण्ड शर्माको ६ वटा गाडीमा बुधबार मध्यरातमा आगजनी गरेका हुन्।

कांग्रेस र मधेशवादी दलका कार्यकर्ताबीच झडप, आधा दर्जन घाइते

महागढीमाई नगरपालिकाको बरियारपुर बजारमा बिहीबार राति कांग्रेस समर्थक र मधेशवादी दल समर्थकबीच झडप हुँदा करिब आधा दर्जन घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्