३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

राहत वितरणमा अवरोध

मेलम्ची - सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले नगरवासीलाई सहुलियत दरमा खाद्यान्न, मल, बीउबिजनलगायत सामग्री वितरण गर्दा काँग्रेसका स्थानीय कार्यकर्ताले अवरोध गरेका छन्।

लकडाउन लम्बिएपछि बाह्रविसे नगरपालिकाले नगरभित्रका स्थानीयवासीलाई सहुलियत दरमा मल, बीउलगायत अन्य आवश्यक कृषि सामग्री वितरण गर्न शुरु गरिएको थियो तर काँग्रेसका केही स्थानीय कार्यकर्ताले यो कार्यमा अवरोध गरेको बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आरोप लगाए।

बजारमा एक हजार ७०० बढी मूल्य पर्ने युरिया मल हामीले सबै गाउँमा एक हजार रुपैयाँमा उपलब्ध गराएका थियौँ, तर काँग्रेसका स्थानीय कार्याकर्ताले राम्रो कार्यमा पनि अवरोध गर्न शुरु गरेका छन्, प्रमुख शेर्पाले भने। बजारबाट एक बोरा मल खरिद गरेर नगरको विकट बस्तीमा लैजाँदा प्रतिबोरा दुई हजार  ७०० रुपैयाँसम्म पर्न आउँछ तर नगरले एक हजार रुपैयाँमा स्थानीयवासीको घरघरमै हामीले मल लगिदिएका छौँ, प्रमुख शेर्पाले भने। रासस

प्रकाशित: १९ वैशाख २०७७ ०८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App