१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाउँपालिका अध्यक्षलक्षित बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

झण्डै ५ महिनाअघि गाउँपालिका अध्यक्षको कार्यकक्षनजिक बम राखेको आरोपमा विद्रोही नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता मंगलबार पक्राउ परेका छन् । गत माघ १३ गते उदयपुरको लिमचुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईको कार्यकक्षनजिकै प्रेसरकुकर बम राखेको आरोपमा विप्लव समूहमा आबद्ध उदयपुरगढी गाउँपालिका २ बर्रेका ४५ वर्षीय गोपाल तामाङ पक्राउ परेका हुन् ।  

बिभिन्न संघसंस्था तथा जनप्रतिनिधिलाई चन्दा माग्दै आएको सुराकीका आधारमा जिल्ला प्रहरी र स्थानीय उदयपुरगढी चौकीबाट खटेको संयुक्त टोलीले तामाङलाई उनकै घरबाट नियन्त्रणमा लिएर बुधबार सदरमुकाम ल्याएको छ । गाउँपालिका कार्यालय र अन्यक्षलाई लक्षित गरी बम राखेकाले राज्यविरुद्ध अपराध गरेको आरोपमा उनीमाथि कारबाहीको तयारी भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।  

लिमचुङबुङ गाउँपालिका कार्यालयमा अध्यक्षको कार्यकक्ष छिर्ने ढोकाछेउमै माघ १३ गते विहान ९ः३० बजे जेब्रा झोलाभित्र कालो प्लास्टिकले बाँधेको अवस्थामा प्रेसर कुकर बम फेला परेको थियो । कार्यालय खोल्न आएका सहयोगीले अध्यक्ष कक्षको प्रवेशद्वारमै झोलाभित्र कुकर र तारजडित मोवाईल राखेको भेटेपछि बम विष्फोट हुनबाट जोखिएको थियो ।  

घट्नास्थ्लमा खटेको नेपाली सेनाको प्राािवधिक टोली नेपाल प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा जेब्रा झोलाभित्र राखिएको कालो प्लास्टिकभित्र कुकर बम फिट गरी त्यसमाथि राखिएको मोवाईलमा तार जडान गरेको फेला पारेको थियो । कथंकदाचित मोवाईल छोएको भए विष्फोट भएर जनधनको क्षति हुने खतरा त्यसबेला टरेको प्रहरी ठहर छ । २४ घण्टा लगाएर सेनाको डिस्पोजल टोलीले बम निस्कृय पारेको थियो ।  

सोही घट्नामा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेकामध्ये तामाङ पनि एक भएकाले पक्राउ गरिएको प्रहरी भनाई छ । विप्लव कार्यकतामाथि बिभिन्न गाउँ तथाथ नगरपालिकाले सञ्चालन गरेका योजनाका उपभोक्ता समिति र स्थानीय जनप्रतिनिधिसँग चन्दा माग्ने गरेको खवर आईरहेको प्रहरीले जनाएको छ । तर, अहिलेसम्म कसैले लिखित उजुरी नदिएका कारण अप्रेसन सञ्चालन गर्न कानुनी आधार नभएको एसपी मगरले बताएका छन् ।

विप्लव कार्यकर्ताहरु चन्दा असुली धन्दामा लागेको भन्ने आरोप र गुनासोहरु बाक्लै सुनिए पनि कसैले उजुरी नदिएकाले कारबाही चलाउन अप्ठेरो भएको उनले बताए । चन्दा माग्न उनीहरुले लिखित र मौखिक आग्रह गरेको सुनिन आए पनि कारबाही गर्न लिखिन उजुरी चाहिने भएकाले त्यसको पर्खाइमा रहेको एसपी मगरले बताएका छन् ।

प्रकाशित: २८ जेष्ठ २०७७ १४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App