७ आश्विन २०८१ सोमबार
image/svg+xml

काठमाडौँ १ का मतदाताहरुको घाउ निको पार्न मैले जित्नैपर्छः किरण पौडेल

शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले आसन्न निर्वाचनबाट आफू विजयी बनेपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने बताए।

नमूना मतदानमा सहभागी विद्यार्थी भन्छन्: अभिभावकलाई सिकाउँछौँ

‘हामीलाई निर्वाचन हुन्छ भन्ने कुरा थाहा थियो। निर्वाचन गर्दाको प्रक्रियाका बारेमा अध्ययनभन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको छ’, लक्ष्मणले भने, ‘निर्वाचनको मुखैमा भएको नमूना मतदानले हामीलाई निकै फाइदा गर्नेछ।’

जिम्मेवारी एकातिर आश्वासन अर्कातिर: साना दलका आआफ्नै चुनावी एजेण्डा

प्रतिनिधिसभा होस् वा प्रदेशसभा सदस्यमा चुनिने जनप्रतिनिधिको मुख्य कार्यभार कानून बनाउने रहेता पनि मतदाता समक्ष राजनीतिक दल र उम्मेदवारले विगतकै शैलीमा पूर्वाधार विकास, स्वास्थ्य र शिक्षाका एजेण्डा देखाएर भोट मागिरहेका छन्।

सुर्खेतका मतदाता भन्छन्: विकास रोजगारीको ग्यारेन्टी गर्नेलाई मतदान गर्छौँ

कर्णालीको पछौटेपन, विभिन्न विभेद, गरिबी, बेरोजगारी, अभावलाई मुख्य एजेण्डा बनाएर सिमान्तकृत समुदायको उत्थान गर्ने प्रतिबद्धता पनि उम्मेदवार र दलहरुले गरेका छन्। विगतको अनुभवमा नागरिक दलहरुका ती प्रतिबद्धता देखेर उत्साहित भए।

‘गाउँमा अस्पताल र सडक बनाउनेलाई भोट’

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो ठाउँ सदरमुकामभन्दा निकै टाढा छ। आमचोकमात्र होइन, फाकफोकथुम गाउँपालिकाभरि नै सडक, शिक्षा, खानेपानी, बिजुली नपुगेको मतदाता बताउँछन्। खानेपानी, स्वास्थ्य र बाह्रैमास गाडी चल्ने सडकचाहिँ यहाँका मुख्य आवश्यकता हुन्।

वाग्मती प्रदेश: जित–हारमा स्वतन्त्र उम्मेदवार निर्णायक

वाग्मतीमा स्वतन्त्र उम्मेदवारको लर्कोले पनि उनीहरूले लिने मत नै आगामी चुनावमा जित–हारका लागि निर्णायक बन्ने आंकलन गर्न थालिएको छ। नयाँ राजनीतिक दलको आगमनले पनि पुराना दलहरूलाई झस्काइदिएको छ।

ठूला दलका अजेन्डा उस्तैउस्तै

सत्ता गठबन्धनका उम्मेदवार कृष्णलाल निवर्तमान सांसद हुन्। उनी पटकपटक संसदीय अभ्यासमा सहभागी भएका अनुहार हुन्। एमालेका उम्मेदवार प्रेमबहादुर संसदीय निर्वाचन प्रतिस्पर्धामा नयाँ अनुहार हुन्।

गठबन्धनले जनतालाई समृद्ध बनाउँछः ओनसरी घर्ती

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै मंसिर ४ गतेको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाबी गरे।

शान्तिपुर्ण मतदान सम्पन्न गराउन नमुना मतदान

नमुना मतदानले शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन र बदर मत कम हुने गरिने भएकोले नमुना मतदान गरिएको मूख्य जिल्ला निर्वाचन अधिकृत पुर्नेश्वर उपाध्यायले बताएका छन्।

युवा र विषय विज्ञ उम्मेदवारको पक्षमा प्रवास

उनले स्वतन्त्र उम्मेदवारले जितेमा पुराना राजनीतिक दलहरुलाई केही गर्नु पर्छ भन्ने चुनौती थपिनेसमेत बताए। गुरुङले गत स्थानीय निर्वाचनबाट काठमाडौँमा बालेन शाह र धरानमा हर्क साम्पाङले सर्वसाधारणको मन जितेर आफ्नो क्षमता देखाइसकेको बताए।

फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः थपलिया

'कानूनको प्रभावकारी कार्यान्वयनले नै निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन्छ, कतिपय ठाउँमा मैले जसरी पनि विजय हाँसिल गर्नुपर्ने हुन्छ, निर्वाचन जित्नुपर्छ, भन्ने मानसिकता बोकेका प्रतिनिधि र उम्मेदवारहरुको कारणले फर्जी मतदान हुने खतरा पनि रही रहने अवस्था हुन्छ, धेरै मतदान हुनु राम्रो हो तर हुँदै नभएका व्यक्तिको मतदाता नामावलीमा नाम भएको तर मतदान गर्ने दिन त्यहाँ उपस्थित नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी हो र निर्वाचनप्रतिको यो अवज्ञा पनि हो।’

बाँके–१ मा नयाँ पुरानाको प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका मन्त्री गहतराजसँग नेकपा (एमाले)का उम्मेदवार युवानेता सूर्य ढकालले चुनावी प्रतिस्पर्धामा छन्।

पाँच वर्षभित्र पर्सा १ लाई कच्ची सडकमुक्त बनाउँछु: प्रदीप यादव

'वीरगञ्जलाई पूर्ण रुपले कच्ची सडक मूक्त बनाउने मेरो सपना अनुसार पाँच वर्षभित्र यहाँका लगभग सडकलाई पक्की बनाउने काम गरेको छु। बाँकी रहेका सडकहरुलाई पनि आगामी पाँच वर्षभित्रमा पक्की बनाउने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।'

सुदूरपश्चिममा १८ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर छ हजार तीन सय सुरक्षाकर्मी परिचालन भएका हुन्।

मतदाता शिक्षाप्रति मतदाता नै अनिच्छुक

‘ग्रामिण क्षेत्रका मतदाता खेतबारीमा छन्,‘जहाँ सहज हुन्छ त्यही पुगेर शिक्षा दिन अनुरोध गरेका छौं’ घिमिरेले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्