१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धनले जनतालाई समृद्ध बनाउँछः ओनसरी घर्ती

नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले गठबन्धनले जनतालाई समृद्ध बनाउने बताएका छन्।  शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा बोल्दै नेतृ घर्तीले गठबन्धनले जनताका आधारभूत विषयलाई सहज बनाउने, देश परिर्वतन र जनतालाई समृद्धि बनाउने एजेण्डा लिएर आएकाले गठबन्धनको जित सुनिश्चित रहेकोबताएका हुन्। 

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै मंसिर ४ गतेको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाबी गरे। उनले अहिले देशले समृद्धि,शान्ति, स्थिर सरकार, संविधान र अहिलेको व्यवस्थाको रक्षा खोजेको भन्दै त्यो गठबन्धले मात्रै पूरा गर्नसक्ने बताए। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहुमतको सरकार फुटाएर तथा दुई पटक संसद विघटन गरेकाले गठबन्धन गर्ने बाध्यता भएको पनि बताए। घर्तीले अहिलेको गठबन्धन प्रतिगमनको

बिरुद्धमा लागेकाले अहिलको व्यवस्था जोगाउन जनताले गठबन्धनलाई जिताउनुपर्ने आवश्यक्त रहेको बताए।  उनले भने,‘ देशले आज समृद्धि र शान्ति मागेको छ। देशले आज स्थिर सरकार, संविधान र व्यवस्थाको रक्षा मागेको छ। अहिलेको व्यवस्था नेपाली जनताले रगत र पसिना बगाएर बनाएको हो। केपी ओलीले आफ्नो बहुमतको सरकार पार्टी फुटाएर जनताले दिएको पाँच वर्षको बहुमतको सरकारलाई संसद विघटन गरी

गठबन्धन गर्ने बाध्यता बनाएका हुन्। हामी प्रतिगमनको बिरुद्धमा गठबन्धन गरी हाम्रो व्यवस्थालाई जोगाउँदै जनताको समृद्धि गर्ने पक्षमा लागेका छौं। सम्पूर्ण काठमाडौं क्षेत्र नम्बर २ का जनताले गठबन्धनलाई भोट हाल्नुुस् नत्र केपी ओलीको प्रतिगमनले जित्छ । ओलीले जिते सबै व्यवस्था अस्तब्यस्त हुन्छ। उनले आफूलाई बहुमत दिनुस् भनेर हिँड्नु भएको छ रे । गठबन्धनले जनताका आधारभुत कुराको विकाश गर्ने एजेण्डा लिएर आएको छ। गठबन्धन देश परिर्वतन,जनताको समृद्धिको लागि जनताको घरदैलोमा आएका छौं। गठबन्धनको जित सुनिश्चित छ। जितको घोषणा हुन मंसिर ४ कुर्नुपर्ने भएकाले मंसिर ४ गते कुरेर बसेका छौं।’

काठमाडौं क्षेत्र नम्बर २ का मतदाताहरु भने राजनीतिक दलहरुले गत ५ वर्षमा गरेको कामबाट सन्तुष्ट छैनन्। काठमाडौं क्षेत्र नम्बर २ का जनताले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार गर्न आग्रह गरेका छन्। उनीहरुले खानेपानीको समस्या बढी रहेको भन्दै खानेपानी समस्या समाधान गर्नेलाई भोट दिने बताए।

प्रकाशित: २५ कार्तिक २०७९ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App