७ आश्विन २०८१ सोमबार
image/svg+xml

दलित बस्तीमा भोजभतेरबाट भोट तान्ने होडबाजी

भोट तान्ने होडबाजीले चामलको बोरा बाँड्ने र भोजभतेर गर्ने गरेको स्थानीयवासी डल्ली बिकले बताइन्।

विकासको पर्खाइमा काठमाडौँ नाङलेभारेका मतदाता

राजधानी काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो त्यही क्षेत्र हो, जसले २०७० र २०७४ सालमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जिताएको थियो। यसपटक भने सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्रकी ओनसरी घर्ती प्रतिनिधिसभा सदस्य उम्मेदवार छिन्। जसलाई माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन गरेको छ।

सत्ता गठबन्धनलाई चुनौती थप्दै कांग्रेसभित्रको ‘मतभेद’

निर्वाचनको दिन नजिकिएसँगै मतदाताको दैलो पुग्ने उम्मेदवारहरुको लर्को बढ्दै छ। मतदातालाई आफ्नो पक्षमा पार्न सत्ता गठबन्धन र जसपा एमाले गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा छ।

चुनाव जित्नेमा ढुक्क छुः पम्फा भुसाल

आइतबार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेको उल्लेख गर्दै यस पटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताइन्।

दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई

जिल्लाका तीन निर्वाचन क्षेत्रमा मात्रै तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् भने पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

गठबन्धनको जितलाई अब कसैले रोक्न सक्दैनः शाह

क्षेत्र नं. ५ को कञ्चन गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै नेता शाहले लोकतान्त्रिक संविधानको रक्षा गर्दै जनताको जीवनस्तरमा परिर्वतन ल्याउन गठबन्धनका दलहरुले जित्नु पर्ने बताएका हुन्।

मतदाता भन्छन्ः ‘निर्वाचनपछि काम गरेर खान पाइयोस, सुखले बाँच्न पाइयोस्’

पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन। उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने चिन्तामा छन्।

डोल्पा र सल्यान: गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा ९एमाले०बीच नै प्रतिस्पर्धा देखिन्छ। सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० पार्टीका उपमहासचिव प्रकाश ज्वाला हुनुहुन्छ भने एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ।

प्रदेशलाई सबल बनाउन स्वतन्त्र उम्मेदवारी

‘संघीयतामा प्रदेशको महत्व बढ्नुपर्नेमा यो झनै उपेक्षित हुँदै गयो,’ काठमाडौ क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ लामिछानेले भने, ‘स्थानीय तहलाई सशक्त बनाउने प्रदेशलाई सबल बनाउन पनि मेरो स्वतन्त्र उम्मेदवारी परेको हो।’

निर्वाचनमा अढाइ लाख कर्मचारी खटाइने

आयोगका अनुसार देशभर २२ हजार २ सय २७ मतदान केन्द्र तथा १सय ४१ अस्थायी मतदान केन्द्र राखिने भएका छन्। यसैगरी करिब १० हजार ८ सय मतदान स्थल राखिन लागेका आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए।

बोटेहरू भन्छन्: हाम्रा दिन कहिले फिर्छन् ?

व्यास नगरपालिकाको पाटनको बोटे गाउँमा पुग्दा उनीहरू बारीमा तरकारी लगाउन खनजोत गर्दै थिए। माछा मार्ने पुख्र्यौली कामबाट जीविकोपार्जन नभएपछि उनीहरू खेतीपाती गर्न थालेका हुन् तर उनीहरूलाई यसबाट पनि दैनिकी चलाउन कठिन भइरहेको छ।

‘गाउँमा पानी र सडक पुर्‍याए भोट’

गाउँमा तरकारी खेती, सिँचाइ, गाईबस्तुलाई पानी दिने त कुरै नगरौं, घरमा खाना पकाउनका लागि पनि प्रशस्त पानी नपाइने गरेको छायाँ बताउँछिन्।

हिमाली क्षेत्रमा मतदाताका घरमा ताल्चा

घरमुलिले घरमा ताला ठोकेर चिसो छल्न बसाई सरिसकेका छन्। मतदाता नै बसाइँ सरेपछि चुनावी दौडामा रहेका उम्मेदवारलाई मतदाता भेट्न निकै नै सकस भएको हो।

‘चुनावी नारा बन्छ, कालोपत्रे हुँदैन लोकमार्ग’

पुरानै ट्र्याकमा काम थालिएको बागलुङ बजारदेखि बिहुँ घोडाबाँधेसम्मको २५ किलोमिटर सडक भने अझै पनि कालोपत्र हुन सकेको छैन। कालोपत्र हुन त परैको कुरा, सडकमा भएका खाल्डाखुल्डी र हिलो धुलोका कारण यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ।

२०७४ मा संघीयतापछिको पहिलो प्रतिनिधिसभा निर्वाचन

नयाँ संविधान कार्यान्वयनसँगै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भई १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र कायम गरिएको थियो। त्यसै अनुसार प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्