८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

बैंकहरूको नाफा पौने ४६ अर्ब (सूचीसहित)

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २८ वटा वाणिज्य बैंकहरूले ४५ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ नाफा गरेका छन्। ‘क’ वर्गका वाणिज्य बैंकहरूले चालु आवको यो अवधिमा गरेको नाफा यसै आवको दोस्रो त्रैमास (कात्तिकदेखि पुससम्म) भन्दा ४८.१८ प्रतिशतले बढी हो।

नेपालमा लगानी बढाउन चीनसँग आग्रह गरेका छौं : कृषि मन्त्री खनाल

नेपालका यी क्षेत्र लगानीयोग्य रहेकाे बताउँदै उनले बताए। सोमबार चीनको गन्सु प्रान्तको नेपाल आर्थिक तथा व्यापार प्रवर्धन केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा चीन सरकारले यसअघि संचालनमा ल्याएका कारखाना पुनः सञ्चालनमा ल्याउन आग्रह गरिने उनले बताए।

तीन वर्षभित्र प्रदेश ५ सबैभन्दा सम्पन्न बन्नेछ : मुख्यमन्त्री पाेखरेल

भौतिक संरचना र कानुन अभावमा पनि विकासका कामलाई गति दिन प्रदेश पाँच सफल भएको उनको भनाइ थियो। प्रदेशको आर्थिक वृद्धिदर ७.३७ प्रतिशतमा पु¥याउन सफल भएको पनि उनले बताए।

सरकारले रोक्यो पाँच महिनादेखि क्यान्सर रोगीको आर्थिक सहायता

सरकारले विगत पाँच महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको आर्थिक सहायता रोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँइदै आएको १ लाख आर्थिक सहायता रोका गर्नु परेको बताएकी हुन्।

सामाजिक न्याय र उच्च आर्थिक वृद्धिमा बजेट केन्द्रित

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७६/७७ को बजेट सामाजिक न्याय र उच्च आर्थिक वृद्धिउन्मुख हुने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा शुक्रबार बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा.खतिवडाले बजेट गरिबी निवारण सहितको समाजवाद उन्मुख बताए।

२०७६/७७ बजेट : निजी क्षेत्रलाई विशेष महत्व

सरकारले आगामी बजेटमा निजी क्षेत्रलाई आर्थिक वृद्धिको संवाहक शक्तिको चित्रित गरेको छ। अर्थतन्त्र बुझेको "डाक्टर" सरकारले पाए पनि निजी क्षेत्रका बिरामहरु निदान हुन नसकेको गुनासा बढिरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्दै निजी क्षेत्रलाई विशेष महत्व दिएका छन्।

तलब बढाउन कर्मचारीको माग

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटको तयारी गरिरहँदा कर्मचारी संगठनहरूले सरकारी कर्मचारीको तलब वृद्धि गर्न लबिङ थालेका छन् । निजामतीसम्बद्ध कर्मचारी संगठनहरूले सरकारका मन्त्री र उच्चपदस्थ कर्मचारीलाई भेट्दै तलब वृद्धिको माग गरेका छन् । कर्मचारीहरूले आगामी बजेटमा कर्मचारीको तलबभत्ता र अन्य सुविधाहरूसमेत वृद्धि गर्न माग गरेका हुन् ।

‘आर्थिक समृद्धिको आधार सहकारी’

सरकारले सहकारीसमेत परिचालन गरी फराकिलो आधारसहितको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने बताइरहँदा सहकारी क्षेत्रका सरोकारवालाले मुलुकको आर्थिक समृद्धिको आधार सहकारी क्षेत्र हुने बताएका छन्। सहकारी विभागको सहयोगमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ बागलुङ शनिबार बागलुङमा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

'४ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि'

सरकारले आगामी चार वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार आगामी आर्थिक वर्ष २०७६/७७ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै चार वर्षपछि दोहोरो अंकको आर्थिक वृद्धिदर प्राप्त गर्ने बताएकी हुन्।

नेपाल आर्थिक स्थायित्वको बाटोमाः अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले नेपाल आर्थिक स्थायित्वको बाटोमा अघि बढेको बताएका छन्। फिजीको नादीमा आयोजना गरिएको एसियाली विकास बैंकको ५२औं बोर्डस अफ गभर्नरको वार्षिक बैठकमा बोल्दै उनले नेपाल लगातार तेस्रो वर्ष आर्थिक वृद्धि ६ प्रतिशतभन्दा बढी हासिल गर्न सफल भएको बताए।

आन्तरिक ऋण उठाउने तयारीमा सरकार

गत वर्ष पहिलो महिना साउनमा नै आन्तरिक ऋण उठाएको सरकारले चालु आर्थिक वर्ष नौ महिना पछि ऋण लिने तयारी गरेको छ। सरकारले गत वर्ष साउनमा ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो।

स्थानीय तहमा ‘प्रि–बजेट’बारे अभ्यास

काभ्रेको पनौती नगरपालिकाले संघीय सरकारले झैं बजेट निर्माणका लागि सुझाव संकलन गर्ने र चालु आर्थिक वर्षको प्रगति सुनाउने हिसाबले पूर्वबजेट (प्रि–बजेट) छलफल सम्पन्न गरेको छ।

समस्याग्रस्त सरकार

नेपालको आर्थिक विकासको सन्दर्भसँगै सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा अघि सारेको छ। महत्त्वाकांक्षी योजनामा नारा अनिवार्य छ तर नाराले मात्र विकास सम्भव छैन।

प्रदेश ३ ले ५० अर्बको बजेट ल्याउने

प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने भएकोे छ। चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको हो।

खुम्बुमा ४५ हजार पर्यटक

चालु आर्थिक वर्षमा करिब ४५ हजार पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन्। सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार पिक सिजन र आरोहण सिजनमा गरी ४४ हजार चार सय ५० पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन्। यो संख्या गएको साउनदेखि चैतसम्मको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्