८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

तीन वर्षभित्र प्रदेश ५ सबैभन्दा सम्पन्न बन्नेछ : मुख्यमन्त्री पाेखरेल

बुटवल - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी तीन वर्षभित्र प्रदेशले दुई अंकको आर्थिक वृद्धिदर हाँसिल गर्ने दाबी गरेका छन्।  विकास, बजेट खर्च र कानुन निर्माणमा अन्य प्रदेशभन्दा अघि रहेको र आगामी तीन वर्षमा विकासका हिसाबले पहिलो प्रदेश बन्ने उनले विश्वास व्यक्त गरेका छन्।

आज बुटवलमा प्रदेश ५ को प्रदेश समन्वय परिषद दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्य मन्त्री पोखरेलले अन्य प्रदेशले १५ प्रतिशत बजेट खर्च प्रदेश ५ ले २५ प्रतिशत बजेट खर्च गरिसककेको जिकिर गरेका छन्।

भौतिक संरचना र कानुन अभावमा पनि विकासका कामलाई गति दिन प्रदेश ५ सफल भएको उनको भनाइ थियो। प्रदेशको आर्थिक वृद्धिदर ७.३७ प्रतिशतमा पु-याउन सफल भएको पनि उनले बताए।

समृद्धिका लागि तीनै तहका सरकार एक अर्काको  परिपूरकका रुपमा अघि बढनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेलले संघले साझा कानुन निर्माणमा ढिलाइ गर्दा समस्या उत्पन्न भएको पनि बताएका छन्। साझा र एकल अधिकारका कतिपय विषय अझै नटुंगिएकाले त्यसले संविधान कार्यान्वयनमा जटिलता पैदा गरेको उनको ठहर छ। नदीजन्य पदार्थ, विज्ञापन, वातावराणीय, मनोरञ्जनलगायत करका विषयमा अझै अन्योल हट्न नसकेको उल्लेख गरे।

नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरणसम्बन्धी प्रदेशले कानुन बनाइसक्दा पनि संघले त्यसमा हस्तक्षेप गर्न खोजेको उनको भनाइ थियो। बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सभामुख, मन्त्रालयका सचिव, प्रदेशका १ सय ९ तहका प्रमुख उपप्रमुख तथा पालिकाका प्रशासकीय अधिकृतहरुको सहभागिता थियो।

बुटवलमा भएको प्रदेश ५ को प्रदेश समन्वय परिषद् दोस्रो बैठकमा मुख्यमन्त्री पोखरेललगायत।

 

प्रकाशित: ३० वैशाख २०७६ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App