१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिखर जंगश्रेष्ठ


शिखर जंगश्रेष्ठका लेखहरु :

अलपत्र ८ पर्यटकको उद्धार

मौसम प्रतिकुलताका कारण खुम्बु पासाङल्हमू गाउँपालिका २ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान हुन नसक्दा खुम्बु भ्रमण सकेर फर्केका पर्यटकहरु अलपत्र परेका छन्।

ओखलढुंगामा बस दुर्घटना, चालकसहित तीन जनाको मृत्यु

काँकरभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको बस ओखलढुंगाको मानेभन्ज्याङ स्थित डडुवामा दुर्घटना भएको हो।

प्रहरी चौकी कब्जा गर्ने विप्लव समूहको योजना असफल

महाकुलुङ क्षेत्रमा केहि दिन देखि विद्युतका कारण नेपाल टेलिकमद्धारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ।

भाइको छुरा प्रहारबाट दाजु घाइते

बुधबार राति भाइको छुरा प्रहारबाट दाई घाइते भएका छन्। जिल्लाको नेचासल्यान गाउँपालिका ४ मा राई परिवारका दुई दाजु भाईबीच विवाद हुँदा भाइ श्यामले दाजु मोविनलाई छुरा प्रहार गरेका हुन्।

चीनबाट किबीको बिरुवा आयात

सोलुखुम्बुका किबी कृषकले चीनबाट उच्च गुणस्तरका किबीको बिरुवा आयात गरेका छन्। व्यावसायिक किबी खेतीका लागि जिल्लाका चार फार्मका कृषकले पाँच हजार पाँच सय हेवाड जातका गुणस्तरीय बिरुवा आयात गरेका हुन्। आयातित बिरुवालाई माउ बिउको रुपमा विकास गर्ने तयारी गरिएको छ।

पढाइ सीप विकासका लागि शिक्षक तालिम

प्रारम्भिक कक्षाका बालबालिकामा पढाइ सीपको विकासका लागि नेचासल्यान गाउँपालिकामा शिक्षक तालिम आयोजना गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोग र रिड नेपालको प्राविधिक सहयोगमा सो तालिम आयोजना गरिएको हो।

सोलुमा पुँजी बजारबारे अन्तरक्रिया

नेपाल धितोपत्र बोर्डको आयोजनामा जिल्लामै पहिलो पटक पुँजी बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। सर्वसाधारणमा सेयर बजारबारे आधारभूत जानकारी दिलाउने उद्देश्यले जिल्ला उद्योग वाणिज्य संघको सहकार्यमा उक्त अन्तरक्रिया आयोजना गरिएको हो।

खुम्बुमा ४५ हजार पर्यटक

चालु आर्थिक वर्षमा करिब ४५ हजार पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन्। सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार पिक सिजन र आरोहण सिजनमा गरी ४४ हजार चार सय ५० पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन्। यो संख्या गएको साउनदेखि चैतसम्मको हो।

पाहा भ्यागुतो मार्न गएका दाजुभाईको खोलामा डुबेर मृत्यु

खोलामा पाहा भ्यागुतो मार्न गएका दाजुभाई मृत फेला परेका छन्। शनिबार साँझ पाहा भ्यागुतो मार्नका लागि रोकखोला गएका सोताङ गाउँपालिका ४ रोकका २१ बर्षिय बाल कुमार राई र १७ बर्षिय मानवीर राई मृत फेला परेका हुन्।

‘हेडमास्टर’ बन्न परीक्षा दिनुपर्ने

शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीले मोबाइल प्रयोग गर्न नपाउने निर्णय गरेको केही दिनमै थुलुङ दुधकोशी गाउँपालिकाले विद्यालयको प्रधानाध्यापकका लागि परीक्षा सञ्चालन गर्ने नौलो तरिका अबलम्बन गरेको छ। गाउँ शिक्षा समितिले २०७६ लाई ‘शैक्षिक सुधार बर्ष’कै रुपमा अघि बढाउने सोचले शैक्षिक गुणस्तर बृद्धिका लागि प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए।

लुक्लामा विमान दुर्घटना हुनुकाे यस्ताे छ कारण

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा विमान दुर्घटना हुँदा विमानका सहचालकसहित तीनजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। पाइलटलेविमान कन्ट्राेल गर्न नसकि चिप्लिएर दुर्घटना प्रहरीले निष्कर्ष निकालेकाे छ। आइतबार बिहान समिट एयरको विमान धानमार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

लुक्ला विमान दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत

सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर र समिट एअरको जहाज आपसमा ठोक्किँदा ४ जनाको ज्यान गएको छ।

लुक्ला विमान दुर्घटना : काे-पाइलटसहित तीन जनाकाे मृत्यु (अपडेट)

सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर, समिट एअरको जहाज आपसमा ठोक्किँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ। घटनामा जहाजका पाइलट गम्भीर घाइते भएका छन्। उनको परिचय खुल्न बाँकी छ। त्यस्तै जहाजका को पाइलट (नाम पहिचान बाँकी) को निधन भएको छ।

सोलुका संगीतकर्मी श्रीमानको मृत्यु

पूर्वको हिमाली जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ पोखरेमा जन्मेका संगीतकर्मी श्रीमान् (थुलुङ ) राईले आफ्नो कर्मथलो पश्चिम पोखरा बनाए। सङ्गीत साधनमा अनवरत अघि बढेका उनै श्रीमान् अब यो संसारमा रहेनन्। गायक तथा सङ्गीतकमर्मी र प्रशिक्षक समेत रहेका उनको बुधबार राति पोखरामा स्कुटर दुर्घटनामा ज्यान गयो।

तामा उत्खनन् प्रक्रिया अघि बढ्यो

माप्य दूधकोशी गाउँपालिकास्थित वाकु वाप्सामा रहेको तामा उत्खननका लागि आर्थिक, सामाजिक र वातावरणीय मूल्यांकन गरिने भएको छ। प्रभावित क्षेत्रका सर्वसाधारणले मूल्यांकनमा विरोध जनाएपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरको अध्यक्षतामा मंगलबार बसेको सरोकारवालाको बैठकले खानी तथा भूगर्भ विभागले सीमांकन गरेको ५४ हेक्टर क्षेत्रफलमा आइई गर्ने वातावरण बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्